लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १९:४:३०
११ असार, बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत सुर्नया गाउँपालिका– ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
पहिराका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । केही दिनअघि परेको लगातारको वर्षाका कारण खसेको पहिरो आज बिहान पनि खसेको हो ।
राजमार्ग अवरुद्ध हुँदा २० भन्दा बढी सवारीसाधन रोकिएका प्रहरीले जनाएको छ । सवारी साधन रोकिँदा यात्रु बीच बाटामै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग सडक खुलाउने प्रयास भइरहेको केही घण्टाभित्रै सडक पुनः सञ्चालन हुने प्रहरीले जनाएको छ ।
उक्त ठाउँमा यसअघि पनि पहिरो खसेको थियो । यसअघि लगातारको वर्षाले गर्दा उक्त स्थानमा पहिरो खस्दा यही असार ५ गतेदेखि चारपटक राजमार्ग अवरुद्ध भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार