खनिए राष्ट्रपतितिर वकीलहरु
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार २०:१८:५५
११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा जारी सुनुवाईमा निवेदक पक्षले राष्ट्रपतिकै कारण संवैधानिक संकट आएकोमा जोड दिएका छन् । रिट निवेदक शेरबहादुर देउवा पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुले प्रधानमन्त्री भन्दा राष्ट्रपतिको भूमिका अझै खतरनाक भएको बताए ।
वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले संविधानको धारा ७६ (५) भनेको राष्ट्रपतिको स्वविवेकीय व्यवस्था नभई बाध्यकारी रहेको बताए । देउवाले १४९ जनाको हस्ताक्षरसहित सशरीर राष्ट्रपति कार्यालयमा जाँदा अनेक बखेडा झिक्नु भनेको केपी ओली बाहेक अरुका लागि ढोकै नखोल्ने बद्नियत रहेको आरोप उनले लगाए । संविधान विपरित ओलीले गरेका सबै निर्णयको पालना गर्ने राष्ट्रपतिमा बद्नियत रहेको उनले उदाहरण पेश गरे ।
यस्तै अर्का वरिष्ठ अधिवक्ता डा.दीनमणि पोखरेलले प्रधानमन्त्री ओलीले धारा ७६(४) लाई फेस गर्दिन भनेकाले शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार दाबी गरेको तर्क गरे । संवैधानिक प्रक्रिया नै पूरा नगरेका ओलीलाई धारा ७६ (५) को अधिकार कसरी दिइयो ? भन्दै उनले राष्ट्रपतिको दुष्ट्याईंले यस्तो समस्या आएको बताए । बहुमत सांसद सशरीर अदालत आएर रिट दर्ता गराएको रेकर्ड रहेको भन्दै उनले इजलाशले नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने धारणा राखे । नत्र राष्ट्रपति भण्डारीले फेरि अर्काे बखेडा खडा गर्ने आशंका प्रकट गरे ।
यसैगरी अधिवक्ता सुनील पोखरेलले पनि हाउसले वैकल्पिक सरकार दिन नसक्दा मात्रै विघटन हुने तर्क गरे । तर देउवा नेतृत्वमा १४९ जना सांसद वैकल्पिक सरकार बनाउन तत्पर भएको बेला राष्ट्रपतिले आफूखुशी संसद भंग गर्न नसक्ने बताए । त्यसको छिनोफानो गर्ने थलोको घाँटी निमोठेर जथाभावी गर्ने ? उनले प्रश्न गरे ।
यस्तै अर्का अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपतिको काम गर्ने शैली र व्यवहार महाअभियोग लगाउने खालको भएको धारणा राखे ।संवैधानिक दायित्व निर्वाह नगर्ने राष्ट्रपतिलाई महाअभियोग लगाएर ठीक ठाउँमा ल्याउनुपर्ने उनको तर्क छ ।
राष्ट्रपतिको काम कारवाहीको न्यायिक पुनरावलोकन गर्न नसक्ने व्यवस्था संविधानले नगरेको तर लिखित जवाफ भने त्यसलाई चुनौती दिनेखालको भएकाले अब महाअभियोग मात्र विकल्प रहने उनले बताए । त्यसका लागि पनि प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य भइसकेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार