दैलेखका विद्यालयमा पुरानै पाठ्यपुस्तक वितरण कार्य शुरु
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार २०:२९:२३
११ असार, दुल्लु । दैलेखका विभिन्न विद्यालयमा अहिले पाठ्यपुस्तक धमाधम वितरण गर्ने कार्य शुरुभएको छ । वितरण गरिएका अधिकांश पाठ्यपुस्तकहरू सरकारको निर्देशन विपरीत नेपालको नयाँ नक्सा अङ्कित नगरिएका पुरानै पाठ्यपुस्तक रहेको पाइएको छ ।
जनक शिक्षा सामग्रीमार्फत सरकारले जारी गरेको नयाँ नक्सा अङ्कित पाठ्यपुस्तक बिक्री वितरण गर्नु गराउनु भनेर दिएको निर्देशन दैलेखमा लागू हुन सकेको छैन । पुस्तक विक्रेताहरूले पुरानै नक्सा अङ्कित पुस्तक विद्यार्थी समक्ष पु¥याएका छन् । पुस्तक बिक्री वितरणमा बिक्रेताहरुको कमिसनकै कारण सरकारले निर्देशन गरेको नयाँ नक्सा अङ्कित पाठ्यपुस्तक यहाँ नल्याइँदा पुरानै पाठ्यपुस्तक वितरण गरिएको हो ।
विद्यालय र बिक्रेताको मिलेमतोमा केही नयाँ पुस्तकहरू राखिएको छ भने केही पुरानै पुस्तक धमाधम गाउँ गाउँमा वितरण शुरु गरिसकेको अभिभावक र विद्यार्थीले गुनासो गरेका छन् । दैलेखको डुगेश्वर र भगवती माई गाउँपालिका तथा नारायण नगरपालिकालगायतका विभिन्न पालिकाका विद्यालयमा पुरानै नक्सा रहेको पुस्तक वितरण गरिएको छ ।
पुरानो पाठ्यक्रम र पुरानै नक्सा अङ्कित पुस्तक वितरण गरिएको गुनासोहरू आएपछि हामीले सबैलाई मन्त्रालयको परिपत्रअनुसार काम गर्न भनेका छौँ ती वितरण गरिएका पुस्तक तत्काल फिर्ता गर्न निर्देशन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तेजबहादुर थापाले बताए। उनले भने, “विद्यालयका शिक्षकहरूले पनि यो विषयलाई ख्याल गरेर पुस्तक खरीद गर्न आग्रह गरेका छौँ ।”
वितरण गरिएका अधिकांश पुस्तकहरूमा पुरानै पाठ्यक्रम भएका पुस्तक रहेको गुनासो आएपछि लिखित रुपमै पुराना पाठ्यपुस्तक वितरण नगर्नु नगराउनु भनी शिक्षा एकाइलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। तत्कालै पुस्तक पसलहरूको अनुगमन गर्ने र नयाँ नक्सा नभएको पुस्तक भेटिएमा कारबाही प्रक्रिया थाल्ने प्याकुरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार