बजेट अभावले देउरी भरुवाका शीतभण्डार अलपत्र
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार २२:४५:७
११ असार, राजविराज । सप्तरीको राजविराज नगरपालिकास्थित देउरी भरुवामा रहेको सहकारी शीतभण्डारको निर्माण कार्य बजेट अभावका कारण लामो समयदेखि अलपत्र परेको छ ।
जिल्लाका सहकारी संस्थाहरुको व्यवस्थापन विस्तार र यहाँ उत्पादित कृषि उपजको भण्डार र व्यवस्थापनमा सहयोग गरी किसानको जीवनस्तर उकास्ने मुख्य उद्देश्यले जिल्ला सहकारी सङ्घ सप्तरीले शीतभण्डार निर्माण गर्न लागेको हो ।
राजविराज नगरपालिका—१२ देउरी भरुवामा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार बजेटको अभावमा अहिले निर्माण कार्य अलपत्र परेको हो । विसं २०७५ फागुनमा शिलान्यास भई निर्माण कार्य थालिएको शीतभण्डारको काम अहिलेसम्म करीब ५० प्रतिशत मात्र सम्पन्न भएको छ । पाँच च्याम्बर भएको शीतभण्डारको लम्बाई ४८ मिटर, चौडाइ ४०.८५ मिटर उचाई ९.५ मिटर रहने बताइएको छ ।
जिल्ला सहकारी सङ्घका प्रबन्धक रमेश प्रसाद गुप्ताका अनुसार शीतभण्डार निर्माणका लागि पहिलो किस्ता रु तीन करोड बजेट निकासा भएको भएपनि त्यो रकम सकेपछि अहिले बजेटको अभावमा एक वर्षदेखि निर्माण कार्य अलपत्र रहेको छ ।
सङ्घीय सरकारको ६० प्रतिशत अनुदान, सङ्घसंस्थाहरुको २० प्रतिशतमा तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत भुक्तानीमा सो शीतभण्डार निर्माण गर्न लागिएको उनले जानकारी दिए । जिल्लामा उचित भण्डारण हुन नसक्दा सहकारी संस्था आवद्ध सदस्यहरुले बर्सेनी मार खेप्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार