नदीको बहाव परिवर्तन हुँदा चामे बस्ती उच्च जोखिममा, स्थानीयवासी त्रसित
नेपालबहस संवाददाता
असार ११, २०७८ शनिबार २:४८:५४
११ असार, मनाङ । मस्र्याङ्दी नदीको बहाव परिवर्तन हुँदा मनाङको चामे गाउँपालिका–४ का बस्ती क्षेत्र उच्च जोखिममा परेका छन् ।चामे गाउँपालिका–५ स्थित पुलको छेउबाट नदीले दिशा परिर्वतन गर्दै वडा नं ४ तर्फको भागबाट कटान गर्न थालेपछि बस्तीसहित त्यहाँस्थित विद्यालय, होटल, नेपाल रेडक्रस सोसाइटी, वित्तीय संस्थालगायतका दर्जनौं भवन जोखिममा परेका हुन् ।
लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको र गाउँपालिका–५ स्थित मोटरेवल पुलले पानीको बहाव छेक्दा जग्गा कटान गर्न थालेको वडा नं ४ वडाध्यक्ष लब्सन लामाले बताए ।
“नदीले जग्गा कटान गर्न थालेपछि त्यहाँस्थित लोकप्रिय माध्यमिक विद्यालय, सिटीजन बैङ्क, प्रभु बैङ्क, रोयल गार्डेनसहित तीन वटा होटेल र नेपाल रेडक्रस सोसाइटीको भवन जोखिममा परेका छन्”, उनले भने, “तत्काल नदी नियन्त्रणको पहल नभए विद्यालयसँगै बस्तीका बासिन्दासमेत प्रभावित हुने देखिएका छन ।” नदीमा आएको बाढीले मोटरेवल पुललाई डुवाएर बहाव परिवर्तन गरेको उनको भनाइ छ ।
माेटरेवल मोटरेवल पुलले पानीको बहाव छेक्दा नदीले धार परिवर्तन गरी बग्न थालेको छ । लगातारको वर्षाले नदीको बहाव उच्च भएर धार विद्यालय रहेको क्षेत्र भएर बग्नेक्रमसँगै जग्गा कटान गर्न थालेको छ । विद्यालय नजिकै रहेका दर्जनौं भवनसमेत नदीको उच्च जोखिममा परेको स्थानीयवासी बताउँछन् ।
नदीमा पानीको बहाव कम नहुँदा मोटरेवल पुल क्षेत्र बढी जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। “बाढीलाई पुलले छेक्दा नदीले बस्तीतर्फ कटान गरेको छ”, उनले भने, “पुललाई हटाउन सक्ने अवस्था पनि छैन, हाल नदीमा बाढी कम हुने अवस्था पनि देखिएको छैन, यसले गर्दा जोखिम अझ बढाएको छ ।” पुलको उचाई कम हुँदा नदीको बहावलाई छेक्दा अझ समस्या थपिएको प्रजिअ लामिछानेको भनाइ छ ।
नदीले वस्तीतर्फ कटान गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । “नदीले वस्तीतर्फ नै कटान गरेको छ । यसले हामी राति सुत्न पाएका छैनौं, कतिखेर बाढीले बगाएर लग्ने हो भन्ने डरत्रामा हामी बाँचिरहेका छौं”, स्थानीयवासी मेलिना गुरुङले भने, “वस्ती र विद्यालय संरक्षणका लागि तत्काल नदी नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
काभ्रेमा मानवीयबाहेक अझै आएन अरु क्षतिको विवरण
कात्तिक १३, २०८१ मंगलबार
तीन महिनामा विपद्जन्य घटनाबाट ३ अर्ब ४४ करोड मूल्य बराबरको क्षति, १९१ जनाको मृत्यु
कात्तिक १०, २०८१ शनिबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
कोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा
कात्तिक २३, २०८१ शुक्रबार
एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो
कात्तिक २३, २०८१ शुक्रबार
सहकारी ठगीमा संलग्नलाई जोगाउनु हुँदैन : संयोजक शाही
कात्तिक २३, २०८१ शुक्रबार
पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
कात्तिक २३, २०८१ शुक्रबार
उदयपुरमा माओवादीले उम्मेदवारको नाम टुङ्गो लगायो
कात्तिक २३, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप हुँदा ६ जना घाइते
कात्तिक २३, २०८१ शुक्रबार