राष्ट्र बैंकले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने
नेपालबहस संवाददाता
असार ११, २०७८ शनिबार ३:२०:९
११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।
निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ ।
कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनरकर्जा प्रदान गरिनेछ । अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो । कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ ।
केन्द्रीय बैंकले प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध लगराएको छ । उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार