आसन्न कांग्रेस महाधिवेशनले खोजेको यही हो ?
इन्द्र रिजाल
असार १२, २०७८ शनिबार १८:१३:१
१२ असार, काठमाडौं । आफ्नो चौधौं महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसले महाधिवेशनपछि लिने दिशा कुन हो ? यसबारेमा कसैबाट पनि सर्वमान्य जवाफ आइरहेको छैन । पार्टी सभापतिको प्रतिष्पर्धाको लागि आठ जना नेताहरू, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङ्ले उम्मेदवारीको घोषणा गरिसके ।
नेतृत्व हत्याउन ‘मै हुनुपर्छ’ को एकसूत्रीय मान्यताबाट सबै नेता चलायमान देखिन्छन्, तर आगामी दिनमा कस्तो कांग्रेस बनाउँदा जनताको प्रिय पार्टी हुनसक्छ भन्ने चिन्तनको सख्त अभाव भईरहेको छ । सबैलाई आफ्नै चिन्ताले खाइरहेको र पार्टीउपरको चिन्तन हराइरहेको छ ।
जिल्लाहरूबाट आएका गुनासा, सुझाव र असन्तुष्टिको एउटै निष्कर्षबाट के बुझिन्छ भने नेपाली कांग्रेसभित्रको संस्थापन वा प्रतिपक्ष दुवैले परिस्थितिबाट शिक्षा र चेतना लिन नसक्नु भयानक समस्या हो । जनपरिचालन हुने ठोस कार्यक्रम ल्याउन नसक्नु, सरसल्लाह र सहमतिले काम गर्ने संस्कार तथा परम्परा मास्दै जानु, हचुवाको भरमा काम गर्ने परिपाटी बसाल्नु, कोठे झुण्डको अल्पबुद्धिको शिकार हुनु नै नेतृत्वको प्रचलित मानसिकता बन्नपुगेको छ ।
नेपाली कांग्रेसको वर्तमान चरित्र पैतृक सम्पत्तिको अंशका रूपमा हातपरेको, बजार साँघुरिएको र यथास्थितिमा निर्वाह चलाईरहेको पुरानो कम्पनीजस्तो मात्र हुँदैछ, जहाँ अनेकौं ‘शेयरहोल्डर’ त देखिन्छन् । आ–आफ्ना भागको लाभांशमात्र हिसाब गर्ने तर ‘कम्पनी’को बजार विस्तारका लागि सिन्को पनि नभाँच्ने निर्वाहमुखी साहुजस्तो भएर पार्टी चल्न सक्दैन ।
योग्यता, योगदान, गुण र प्रभावकारितालाई समेट्ने चौडा मानसिकता नभएको, साँघुरो चित्त बोकेको, निहित स्वार्थहरू घटाउन नसकेको, पदको लोभले पार्टी चलाउन खोजेको, आफ्नै गुटभित्र पनि सर्वमान्य र निर्विवाद हुन नसकेको, नेतृत्वका अराजक, दुस्साहसी र मनपरि गतिविधिलाई नियन्त्रणमा राख्ने शक्तिको रुपमा नभएर क्षणिक लाभको मौकामात्र ढुकिरहने गरेको, कार्यकर्ताका सुझाव तथा गुनासाहरू सुन्ने र आत्मसात गर्न नखोज्ने, उर्दीका भरमा काममा लगाउन र कार्यकर्तालाई आज्ञापालक बनाउन खोज्ने मनोवृत्ति अबको नेतृत्वबाट पूरै नपखालिने हो भने कांग्रेस सच्चिने आशा नगरे हुन्छ ।
गणतन्त्रको अचानोमा कांग्रेसलाई बली चढाउने कम्युनिस्ट ब्युह–रचना जागृत छ । सत्तापक्ष चटके र प्रतिपक्ष रमिते भएको अवस्था छ ।सत्तापक्षबाट अलोकतान्त्रिक गुप्त गतिविधि, मनपरी र अपारदर्शी निर्णय भइरहँदा यता लोकतान्त्रिक पक्षमा कुनै संवेदनशीलता नदेखिनु बरु आफ्नै स्वार्थबाट निर्देशित भएको पार्टीले आगामी भूमिका तय गर्न नसक्नु लोकतन्त्रको भवितब्य र अनिश्चितताको द्योतक हो ।
अब चौधौँ महाधिवेशन गर्नुपर्ने लोकतन्त्रको अगुवा शक्ति भनिने नेपाली कांग्रेसको वर्तमान चरित्र पैतृक सम्पत्तिको अंशका रूपमा हातपरेको, बजार साँघुरिएको र यथास्थितिमा निर्वाह चलाईरहेको पुरानो कम्पनीजस्तो मात्र हुँदैछ, जहाँ अनेकौं ‘शेयरहोल्डर’ त देखिन्छन् । आ–आफ्ना भागको लाभांशमात्र हिसाब गर्ने तर ‘कम्पनी’को बजार विस्तारका लागि सिन्को पनि नभाँच्ने निर्वाहमुखी साहुजस्तो भएर पार्टी चल्न सक्दैन ।०७७ फागुन ७ मा नै हुनुपर्ने १४ औँ महाधिवेशन संघारमै आईसकेको छ, तर एउटा प्रतिष्ठित लोकतान्त्रिक पार्टी लोकतन्त्रका यी दिनमा घिसिपिटी चलेको बिजनेश कम्पनीमा रूपान्तरण हुनु लोकतान्त्रिक आन्दोलनका लागि कदापि फलिफाप हुने कुरा होइन ।
लोकतन्त्रको सबभन्दा जेठो, ठूलो र अगुवा शक्ति मानिएको कांग्रेसमा शक्तिसञ्चय बढेर आयो भने मात्र अन्य लोकतान्त्रिक शक्तिहरूको अस्तित्वको अर्थ हुनेछ । के अहिलेको हालतमा पार्टीभित्र प्रजातान्त्रिक उत्साहको परिस्थिति निर्माण हुनसक्छ त ? सकारात्मक भएर आशा गरौँ, परन्तु यथास्थितिमा भर नपरौँ ।
अर्कातिर नवोदित नेतृत्व र होनहार भनिएको नयाँ पुस्तामा पनि व्यवहारगत जटिलता र विकृति प्रशस्तै छन् । अहिलेसम्ममा नयाँ पुस्ताले पनि नयाँ नेतृत्वरुपी चिल्लापात देखाइसकेको हुनुपर्ने हो । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, धनराज गुरुङ्, गुरु घिमिरे, रञ्जित कर्ण, बद्री पाण्डे लगायतका युवा नेताहरू आफ्नै प्यानल र विचार–समुह बनाएर अगाडि आएमा पार्टीभित्र नयाँ उत्साहको सञ्चार हुनसक्छ ।
मनको कुरा भँजाएर वा कोठाको मिटिङ् देखाएर पार्टी चलाउन खोज्नु आफैंमा निरिहता र बिडम्बनाको द्योतक हो । तर नयाँ पुस्ता पनि त्यही निरिहता र बिडम्बनाको माखेसाङ्लोमा जेलिन पुगेको छ । हिजो राजतन्त्र रहँदासम्म आफ्ना सबै दोषका लागि राजतन्त्रतिर देखाएर नाक जोगाउन सजिलो थियो । तर राजतन्त्र नभएका यी दिनमा कांग्रेसलाई आफ्नो पौरख चलाउन केले तगारो हाल्यो ? यसको उत्तर अब कांग्रेसले अन्यत्र होइन, आफैंभित्र खोज्नुपर्दछ र गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता कांग्रेसलाई महँगो भइरहेको त होइन ? पुनर्विचार र प्रष्टताका साथ जागरण आउनुपर्छ ।
को आउला पार्टीको सभापतिमा, जो आओस् । आसन्न महाधिवेशनबाट सभापति हुनेले आफ्ना पालामा दुईटा काम गर्न सके भने त्यो नै ऐतिहासिक कीर्तिमान हुने थियो । पहिलो, पार्टीमा विद्यमान गैरसैद्धान्तिक तथा स्वार्थको विवादलाई जिल्ला र स्थानीय तहसम्मै कठोरताका साथ अन्त्य गरी यसलाई संस्थागत, सामुहिक नेतृत्वको, बहसमा आधारित पूर्ण अनुशासित, सुसंगठित, नीति र विचारप्रधान पार्टी बनाइदिने । र दोस्रो— पार्टीमा उत्साह र सिर्जनशीलता बढेर आएको सन्देश पनि दिने साधनका रूपमा सबै जिल्ला कमिटी र सकेसम्म नगर र गाउँसम्म आफ्नै पार्टी भवन बनाउन प्रयास र अभियानको थालनी गर्ने । यो नाजायज अपेक्षा होइन, जागरणको मूर्त रुप यही हुनसक्छ ।
महाधिवेशनमा नेतृत्व चयनको विषय कार्यकर्ताहरूको पनि परीक्षा हो । योग्य नेतृत्व छान्ने विवेक र अठोट भएमा पार्टीभित्र स्वतः सुखद वातावरण बन्नसक्छ । पञ्चायती रोग पालेर आफ्नै दुनो सोझ्याउने, आफ्नै मात्र चिन्ता बोकेर हिंड्ने कार्यकर्ताबाट सही नेतृत्व पाउने आशा रहन्न, जस्ता कार्यकर्ता उस्तै नेता भन्ने मान्यता स्थापित हुनेछ । पार्टीलाई शक्तिसञ्चय र पूर्वस्थितिमा स्थापित गर्नु नेतृत्वको पहिलो र सम्झौताहिन चुनौती हो ।
यो चुनौतीको सफलतापूर्वक जसले सामना गर्नसक्छ, अबको राजनेता उसैलाई मान्नुपर्छ । लोकतन्त्रको सबभन्दा जेठो, ठूलो र अगुवा शक्ति मानिएको कांग्रेसमा शक्तिसञ्चय बढेर आयो भने मात्र अन्य लोकतान्त्रिक शक्तिहरूको अस्तित्वको अर्थ हुनेछ । के अहिलेको हालतमा पार्टीभित्र प्रजातान्त्रिक उत्साहको परिस्थिति निर्माण हुनसक्छ त ? सकारात्मक भएर आशा गरौँ, परन्तु यथास्थितिमा भर नपरौँ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार