भीरकोट नगरपालिकाको बजेट सार्वजनिक, समृद्ध भीरकोट सुखी भीरकोटबासीको अभियानलाई पूर्णता दिइने
नेपालबहस संवाददाता
असार १२, २०७८ शनिबार १८:३३:४९
१२ असार, स्याङ्जा । जिल्लाको मध्ये भागमा अवस्थित भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ६८ करोड २६ लाख ४७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
उपप्रमुख सीमा केसी कर्माचार्यले बजेट प्रस्तुत गर्दै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ३९ करोड ११ लाख ४२ हजार तथा पूँजीगततर्फ रु १४ करोड १४ लाख ८० हजार खर्च हुने अनुमान प्रस्तुत गरेकी छन् । नगरपालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५७.३ प्रतिशत र पूँजीगततर्फ ४२.७ प्रतिशत छ ।
पूँजीगत खर्चमध्ये पूर्वाधार विकास क्षेत्रमा रु ९ करोड ९१ लाख , आर्थिक विकास क्षेत्रमा रु ७० लाख, सामाजिक विकास क्षेत्रमा रु १ करोड ९२ लाख २५ हजार, सुशासन तथा अन्तर सम्बन्धित (वन वातावरण तथा विपद व्यवस्थापन समेत) क्षेत्रमा रु ७० लाख खर्च हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट रु ३ करोड ५० लाख, संघीय सरकार र गण्डकी प्रदेश सरकारवाट प्राप्त हुने राजश्व बाँडफाडँबाट रु ८ करोड २६ लाख ९२ हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणवाट रु ५५ करोड ७४ लाख ५५ हजार र अन्य स्रोतबाट रु ७५ लाख व्यहोेरिने बताइएको छ ।
नगरपालिकाले आगामी आबमा ‘समृद्ध भीरकोट, सुखी भीरकोटबासी’ नाराका साथ भीरकोट कोभिड १९ को माहामारीबाट जनजीवनलाई सहज बनाउने, व्यवसायिक कृषिलाई प्रोत्साहन गर्ने, भौतिक पूर्वाधारको निर्माण, स्वास्थ्य सेवाको दायरा विस्तार, रोजगारी सिर्जना गरी नगरको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी कोभीड–१९ महामारीको रोकथाम, उपचार र नियन्त्रणका लागि ठोस कार्यक्रम कार्यान्वयन गर्ने,गर्भवतीलाई निःशुल्क अण्डा वितरण गर्ने, राष्ट्रिय खोप अभियानलाई वडास्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने, भीरकोट नगर अस्पतालको स्तरोन्नती गर्ने लगायतका कार्यक्रम छन् ।
यसै गरी नगरपालिकाबाट सम्पादन हुने कामलाई पारदर्शी बनाउनका लागि सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम, नगरमा कार्यरत कर्मचारी, जनप्रतिनिधिहरुको लागि सीप तथा क्षमता विकास, वडामा भएका योजना तथा कार्यक्रमहरुको अनुगमन, नगर र वडाबाट संकलित कर दस्तुर सेवा शुल्क जस्ता कर तथा गैह्रकर संकलन कार्यलाई सहज र सूचना प्रविधिमैत्री बनाई राजश्व लेखाङन तथा प्रतिवेदन प्रणालीलाई चुस्त बनाउन वेव वेस सफ्टेर जडान, खानेपानी, सिंचाई, बाटो निर्माण, भौतीक संरचना निर्माण आदि जस्ता कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
आठौ नगर सभामा लेखा समितिका संयोजक कमल विकास त्रिपाठीले लेखा समिति प्रतिवेदन र विद्यायन समितिका संयोजक दिपेन्द्र केसीले भीरकोट नगरपालिकाको ऐन २०७८ प्रस्तुत गरेका थिए भने आँठौ नगरसभाबाट बहुमतले पारित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार