सहकारी सदस्यहरुको साहारा बन्दै सिम्रिक साकोस

नेपालबहस संवाददाता
असार १२, २०७८ आइतबार ०:९:२२

१२ असार, दमक । झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले अहिले प्रदेश नं. १ का बिभिन्न ३ जिल्लाहरुमा आफ्नाे क्षेत्र बिस्तार गरेर कारोबार सञ्चालन गरिरहेको छ ।
पूर्वका झापा, मोरङ र ईलाममा आफ्नाे कार्यक्षेत्र बनाएर आर्थिक कारोबार सञ्चालन गरिरहेको सिम्रिक साकोसले आफ्ना शेयर सदस्यहरुका लागि सम्पूर्ण क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गरिरहेको सिम्रिक साकोसमा आबद्ध सदस्यहरु बताउँछन् ।
सदस्यहरुबाट संकलित सानो सानो बचत रकमलाई परिचालन गरेर तिनै सदस्यहरुलाई कर्जा उपलब्ध गराउँदै आएको सिम्रिक साकोसले बिभिन्न क्षेत्रमा आफ्ना गतिबिधिहरु अगाडि बढाईरहेको संस्थाका आई.टी. विभाग प्रमूख याम बिष्टले नेपालबहस डटकमलाई बताए ।ऐच्छिक तथा खुल्ला सदस्यता र पारदर्शिता नै सहकारीको मेरुदण्ड रहेको भन्दै आई. टि. विभाग प्रमूख बिष्टले सदस्यहरुलाई सेवा दिने मात्रै सिम्रिकको एकमात्र लक्ष्य रहेको बताएका छन् ।
जीवित रहँदा जीवन निर्वाहका लागि आवश्यक कर्जाको ब्यवस्थापन गरिदिने अनि मृत्यू हुँदा समेत आर्थिक सहयोग प्रदान गर्ने कामका कारण अहिले झापा, मोरङ्ग र ईलाम जिल्लामा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. प्रति सदस्यहरुको आकर्षण बढिरहेको छ । झण्डै ३७ हजार शेयर सदस्य आबद्ध रहेको सिम्रिक साकोस अहिले जनताको अभिभावकको रुपमा अगाडि बढीरहेको छ ।
बिगत दिनहरुमा झै आफ्ना शेयर सदस्यको देहावशानमा गर्दै आएको सहयोगलाई निरन्तरता दिदैं सिम्रिक साकोस बिर्तामोडले आफ्नाे संस्थाका शेयर सदस्य दिनेश कुमार पाण्डेको गत जेष्ठ ३० गते भएको असामयिक निधनप्रति गहिरो दुःख ब्यक्त गर्दै शोक शन्तप्त परिवारजनमा हार्दिक समवेदना अर्पण गरेको छ । संस्थाले भनेको छ, दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण शोक शन्तप्त परिवारजनमा क्रमशः पितामाता धनपति-नरमायाँ पाण्डे, भाईबुहारी रोशन-रेणुका पाण्डे, लगायत सम्पूर्ण आफन्तजनमा धैर्यधारण गर्ने शक्ति परमेश्वरबाट प्राप्त होस भन्ने शोक सन्देशमा उल्लेख गरिएको छ ।
सदस्यहरुको समस्या र दुःखमा हामी निरन्तर साथमा छौं भन्दै सिम्रिक साकोस बिर्तामोडले मृतक सदस्यका परिवारजनमा राहत स्वरुप १८,४००।– नगद सहयोग र मृतक शेयर सदस्यले लिएको ऋणमध्ये भुक्तानी गर्न बाँकी कर्जा रकम रु. ७३,०००।– मिनाहा गरिएको पत्र परिवारका सदस्यलाई बुझाईएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमूख कमलबहादुर बस्नेतले नेपालबहश डटकमलाई जानकारी दिएका छन् ।
उक्त राहत रकम हस्तान्तरण तथा श्रद्धाञ्जली सभामा संस्थाका आई.टी. प्रमूख याम बिष्ट, संस्थाका सुरुङ्गा शाखा प्रमूख ईन्दिरा भट्टराई, बिर्तामोड सेवाकेन्द्रका कर्मचारीहरु लगायत सिम्रिकका शेयर सदस्यहरुको उपस्थिति रहेको याम बिष्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार