पहिलो पटक अमेरिकी र इजरायली विदेश मन्त्रीबीच भेटवार्ता हुँदै
नेपालबहस संवाददाता
असार १३, २०७८ आइतबार २०:३०:४
१३ असार, पेरिस । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र इजरायलका नवनियुक्त विदेश मन्त्री याईर लापिडबीच आइतबार भेटवार्ता हुने भएको छ । इजरायलमा नयाँ सरकार गठन भएपछि इजरायल र अमेरिकाका वरिष्ट कुटनीतिज्ञबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।
इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त गर्न मुख्य भूमिका निर्वाह गरेका याईर लापिडले आफूलाई प्रधानमन्त्रीको दौडबाट ढिलाई गरेर पनि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए ।
इजरायलमा नाफ्ताली बेनेटको नयाँ सरकार निर्माणमा भएको सम्झौता बमोजिम लापिड दुई वर्षपछि इजरायलको प्रधानमन्त्री बन्नु हुनेछ । विदेश मन्त्री लापिड अमेरिकी विदेश मन्त्रीलाई भेट्न आइतबार रोम प्रस्थान गर्दै छन् । अमेरिकी विदेश मन्त्री ब्लिन्केन पनि युरोपका तीन देशको भ्रमणका लागि आइतबार नै इटाली आइपुग्ने कार्यक्रम छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुनः अगाडि बढाउने बताइरहेकै अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । यस सम्झौतालाई इजरायलले कडा प्रतिबाद गरिरहेको छ । सन् २०१५ को आणविक सम्झौता बमोजिम इरानले भने आफूमाथि लागेका प्रतिबन्धहरु फुकुवा हुने आशामा आफ्नो आणविक कार्यक्रममा व्यापक कटौती गरेको छ ।
साथै, राष्ट्रपति बाइडेन र विदेश मन्त्री ब्लिन्केनले इजरायल सरकार र प्यालेस्टाइनी इस्लामिक समूह हमासबीच गत मे २१ मा सम्पन्न युद्धबिरामलाई दिगो बनाउन प्रयास गर्नु हुनेछ । इजरायली विदेश मन्त्री लापिड एक जना मध्यमार्गी स्वभावका छन्। लापिडले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लहैलहैमा लागेर दुई देशबीचको घनिष्ट सम्बन्धलाई कमजोर बनाएको बताउँदै आएका छन् ।
तैपनि, इजरायलको नयाँ सरकारले अझै पनि इरानलाई प्रमुख चुनौतीका रुपमा लिने गरेको छ । केही दिनअघि प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा हवाई आक्रमण गरे पनि अमेरिकासँगको सम्बन्धलाई पुनः पुरानै लयमा फर्काउन नयाँ सरकार इच्छुक छ ।
अमेरिकी विदेश मन्त्री ब्लिन्केनसँग लाडिपको टेलिफोन संवादपछि इजरायली विदेश मन्त्रालयले दुई नेताले आपसी सम्बन्ध सुदृढ गर्नेबारेमा सहमति भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार