सर्वाेच्चको अवज्ञा गर्दै ओली

नेपालबहस संवाददाता
असार १४, २०७८ सोमबार १९:३४:७

१३ असार , काठमाडौं । सत्तारुढ नेकपा एमालेको हिजाे बसेको स्थायी कमिटी बैठकले असार १६ गते दशाैं महाधिवेशन कमिटी बैठक बोलायो , त्यो पनि औपचारिक रुपमै । जबकी सर्वाेच्च अदालतले उक्त कमिटीलाई चिन्दैन । अर्थात , सर्वाेच्च अदालतले जेठको अन्तिम साता यस्तो कमिटी अवैधानिक भनिदियो ।
तर प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले त्यसलाई स्वीकारेनन् । उल्टो हिजाे स्थायी कमिटी बैठक नै डाकेर आयोजक कमिटीको लागि मिति नै तोकिदिए ।
फागुन २३ गते त्यही सर्वाेच्च अदालतले नेकपा विभाजन गरेको आदेश भने ओलीलाई प्रिय लाग्यो । अनि उनले भटाभट निर्णय गर्न थाले । फागुनको २८ गते नै उनले माओवादीबाट आएका २३ जना नेता सहभागी गराएर केन्द्रीय कमिटी विस्तार गरे । साथै उक्त कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरे ।
ओलीको त्यही निर्णय एमालेको आन्तरिक जीवनमा सबैभन्दा विवादित बन्यो । वरिष्ठ नेताहरु माधवकुमार नेपाललगायतले ओलीको उक्त निर्णय अस्वीकार गरे । त्यसैको सेरोफेरोमा अहिले एमालेको आन्तरिक राजनीति रुमल्लिएको छ ।
प्रतिनिधिसभाको दोस्रो विघटनको अवस्थासम्म आइपुग्दा ओली प्रतिरक्षात्मक अवस्थामा छन् । उनका हरेक निर्णय अदालतबाट बदर भइरहेका छन् । त्यसैले प्रतिनिधिसभा फेरि ब्यूँउतिने संकेत उनले प्रष्टै चाल पाएका छन् । त्यसैले पछिल्लो प्रयास माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गराउनुमा केन्द्रित छ ।
यसका लागि ओलीले नेपाल पक्षले उठाएकै माग पूरा गर्ने भन्दै नयाँ फण्डा तयार गरेको देखिन्छ । जेठ २, २०७५ मा जान तयार रहेको मात्र नभई आवश्यक परे प्रधानमन्त्री नै सुम्पन समेत आफू तयार भएको सन्देश ओलीले नेपाल समक्ष पुर्याएको हिजै खुलासा भइसक्यो । तर नेता नेपालले भने यो पनि ओलीको अर्काे चालबाजी भएको बुझेका छन् । त्यसैले हिजै उनले गठबन्धन नभत्कने र धोका नदिने वचन दोह¥याउनु परेको थियो ।
ओलीको चाल बुझेको अवस्थामा अब कसरी जाने भन्ने नै अर्काे समस्या परेको छ । त्यसैले हिजाे स्थायी कमिटी बैठक डाकेर ओलीले अर्काे जाल फ्याँकेका छन् । हिजाेको बैठकमा पृथ्वीसुब्बा गुरुङले त प्रष्टै भने–नेता नेपाललाई अध्यक्ष बनाएर भएपनि पार्टी एकता जोगाउनुपर्छ ।गुरुङले त्यसो भन्दा सबै मौन रहे ।
नेपाल पक्षले दसौं महाधिवेशन आयोजक कमिटी अवैध भन्दै त्यसलाई अस्वीकार गरेका छन् । तर त्यही कमिटीको बैठक डाकिएको छ ।यसबारे नेपाल पक्षका लचकदार नेताले प्रश्न उठाएपछि ओलीले भनेका छन्– कमिटी नै भंग गर्ने । जबकी सर्वाेच्चले नै यसलाई अवैध भनिसकेको छ ।
उक्त कमिटी बैठक बसाएर भंग गर्ने कुरा आफैंमा नक्कली र अवैध हो । त्यसैले ओलीको यो चाला पनि सत्ता टिकाउने मात्रै भएको नेपाल पक्षको ठम्याई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
नेपालविरुद्ध म्यानमारले लियो २–० गोलको अग्रता
फागुन १४, २०८१ बुधबार
भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार