ओलीप्रति उत्तरदायी संवैधानिक अंग
नेपालबहस संवाददाता
असार १४, २०७८ सोमबार १६:४७:५५
सम्पादकीय
लोकतन्त्रको सर्वव्यापी मान्यता भनेको राज्यका तीनवटै अंगबीच सन्तुलन र नियन्त्रण कायम गर्नु हो । अर्थात, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच शक्ति पृथकीकरण र सन्तुलन एवं नियन्त्रण गर्नु हो । प्रशिद्ध फ्रान्सेली विद्वान मन्टेस्क्यूले प्रतिपादन गरेको यही सिद्धान्तलाई संसारभरिका लोकतान्त्रिक शासन व्यवस्था भएका देशले अंगीकार गरेका छन् । तर नेपालको हकमा भने पछिल्ला दिन उल्टो हुन थालेका छन् । देशको कार्यकारी प्रमुखको भूमिकामा केपी ओलीको आगमनपछि लोकतन्त्र र संविधानको बाटो भन्दा पृथक ढंगले चलाउन थालिएको छ ।
देशमा लोकतन्त्रको बहालीपछि संवैधानिक अंगहरुलाई समेत जनताप्रति उत्तरादायी बनाइनुपर्छ भनेर संसदीय सुनुवाईको व्यवस्था गरियो । यसका लागि पहिला त संवैधानिक परिषदमा नै सबैखाले आवाज अटाउने कोशिश गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने यो परिषदमा राज्यका तीनै अंगको उपस्थिति । प्रधानन्यायाधीश, सभामुखलगायत विपक्षी दलका नेताको समेत उपस्थितिमा हुने निर्णयले सबैको भावना मुखरित गर्ने आम विश्वास हो । त्यहाँ कतै बद्मासी नै भयो भने त्यसलाई रोक्न संसदीय सुनुवाईको व्यवस्था गरिएको छ । संसद्प्रति उत्तरदायी बनाउनु भनेको जनताप्रति उत्तरदायी बनाइनु हो । किनभने जनताकै प्रतिनिधित्व गरेकाहरु त्यहाँ रहने गर्छन् । तर ओलीले लोकतन्त्रको न्यूनतम मूल्य मान्यताको समेत खिल्ली उडाएका छन् ।
ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरे । विघटन गर्नुभन्दा ठीक अगाडि उनले संवैधानिक निकायमा नियुक्ति गरे । दुई पटक नै उनले यस्तै मौका छोपेर नियुक्ति गर्दा संसदीय सुनुवाई मात्र नभई परिषद नै छले । अध्यादेशमार्फत आफूखुशी संशोधन गरेर उनले न त सभामुख बोलाउने चेष्टा गरे, न विपक्षी दलको नेता नै उनलाई आवश्यक रह्यो । केवल न्यायपालिका प्रमुखसँग भागबण्डा गरेर उनले आफ्ना एसम्यान नियुक्त गरे । संसदीय सुनुवाई नै छले ।
प्रधानमन्त्री ओलीको ध्येय राज्य संयन्त्रमाथि कब्जा जमाउने नै देखियो । जनताप्रति उत्तरदायी नबनाई आफ्ना भरौटे भर्ना गरेर राज्य संयन्त्रको चरम दोहन गर्ने नै उनको एकमात्र लक्ष्य रहेको प्रष्ट भएको छ । संविधानले परिकल्पना गरेअनुसार योग्य भन्दा आफ्नालाई लैजाने मात्रै उनको उद्येश्य रह्यो । ओलीले बसालेको थितिले त अब सबै ओली जस्ता शासकको गुलामले मात्रै मौका पाउने भयो । दुई चरणमा उनले ५८ जना त्यस्तै मानिस भर्ना गरेका छन् । उनीहरु जनता वा संविधानप्रति हैन मात्र ओलीप्रति उत्तरदायी रहनेछन् । किनभने उनीहरुले न त संसद्को समर्थन पाएका छन्, न विपक्षी दलको नेताको नै । केवल ओलीको समर्थनमा भएको नियुक्तिले गर्ने काम र परिणाम कस्तो आउला ? अनुमान गर्न गाह्रो छैन ।
संवैधानिक अंगमा ओलीले पाँच दर्जन आफ्ना मान्छे भर्ना गरेका छन्, स्वभाविक रुपमा उनको हात माथि परेको छ । उनीहरुले ओलीकै सेवा गर्ने हुन् । आफ्ना राजनीतिक प्रतिस्पर्धीको तेजोबध गर्नेदेखि हुर्मत लिनेसम्मको उनको तयारी प्रष्टै छ । ओलीको त्यही मनसुवा पूरा गर्न उनीहरु हरहमेशा तत्पर रहने छन् ।
न्यायालयले ओलीको अध्यादेशमार्फत शासन गर्ने सोच र शैलीको धेरै ठाउँमा अवरोध पैदा गरेको छ । आधा दर्जन भन्दा बढी ओलीका निर्णय अदालतले गैरसंवैधानिक भनिसकेको छ । तर संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा चाहिं न्यायालय अनिर्णयको बन्दी छ । किनभने प्रधानन्यायाधीश नै यो प्रकृयामा सहभागी छन् ।
सर्वाेच्च न्यायालयमा यसबारे रिट परेको छ । झण्डै ६ महिनादेखि सुनुवाई हुन सकिरहेको छैन । प्रधानन्यायाधीश नै नियुक्ति प्रकृयामा संलग्न भएकाले यो मुद्धामा उनको स्वार्थ बाझिएको छ । ओलीको निरंकुश शैलीको यो नियुक्तिमा पनि सर्वाेच्चले उच्च प्राथमिकता दिएर नियन्त्रण गर्नैपर्छ । जनताप्रति उत्तरदायी नभएका मानिस यस्तो संवेदनशील ठाउँमा बस्दा मुलुकले ठूलै क्षति ब्यहोर्नुपर्ने निश्चित छ । त्यसैले सर्वाेच्च अदालतले तत्कालै सकृयता देखाउनु जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
इलाम २ मा खस्यो ५७ प्रतिशत मत, आजै गणना सुरु गर्ने तयारी
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
पहिलो टी २० मा नेपालसँग वेष्ट इण्डिज ४ विकेटले पराजित
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार