प्रधानमन्त्री ओलीको पुत्ला दहनसहित देशभर प्रदर्शन गर्ने पाँच बिद्यार्थी संगठनको निर्णय
नेपालबहस संवाददाता
असार १४, २०७८ सोमबार २२:४:२३
१४ असार, काठमाडौं । प्रतिनिधिसभा बिघटन बिरुद्ध सर्वोच्च अदालतमा गरमागरम बहस चलिरहेका बेला रिट निवेदन पक्षका ५ बिद्यार्थी संगठनले देशभर प्रदर्शन गर्ने निर्णय लिएका छन् ।
आज राजधानीमा बसेको प्रमुख पाँच बिद्यार्थी संगठनको संयूक्त बैठकले राजनीतिक र शैक्षिक क्षेत्रका समस्या र चुनौतिबारे महत्वपूर्ण निर्णय गरि संयूक्त वक्तव्य जारी गरेका हुन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त रुपमा सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनको विरुद्ध तथा संसद पुनर्स्थापनाको माग गर्दै असार १६ गते ७७ वटै जिल्लामा प्रदर्शन गर्ने नेविसंघका महामन्त्री यूवराज पाण्डेले जानकारी दिए ।
संयुक्त संघर्ष समितिको आज सोमबार बसेको बैठकले असार १७ गते काठमाडौं उपत्यकामा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहनसहित संयूक्त बिद्यार्थी प्रदर्शन गर्ने निर्णय गरेको उनले बताए । साथै सर्वोच्च अदालतले विधिको शासन र संसद पुनस्थापना गर्ने विश्वास समेत उनीहरुले व्यक्त गरेका छन् ।
बैठकले विश्व विद्यालयमा देखिएका शैक्षिक समस्याको बारेमा असार १५ गते त्रिभुवन विश्व विद्यालयका उपकुलपति समक्ष र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षसमक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । लकडाउन अवधिको सम्पूर्ण शुलक राज्यले बहन गरी बिद्यार्थीमाथि शुल्क नथोपर्न आग्रह गर्दै यदि मनपरी शुल्क उठाइए निजी बिद्यालय बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी पनि ५ बिद्यार्थी संगठनले दिएका छन् ।
यस्तै बिद्यार्थी वर्गलाई कोभिड बिरुद्धको खोपको व्यवस्था गर्न, कोभिड खोप र स्वास्थ्य सामाग्री खरिदमा भएको चरम भ्रष्ट्राचारको छानविन गर्न तथा पटक पटक गरिएको पेट्रोलियम पदार्थको मुल्यबृद्धि रोक्न समेत सरकारको ध्यानाकषर्ण गराएको छ ।
संयूक्त वक्तव्यको पूर्णपाठ:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार