बैतडीमा विद्युत् विस्तारको माग राख्दै अनशन शुरु
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार १६:९:१८
१५ असार, बैतडी । गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनशन शुरु गरेका छन् । गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनशनमा बसेकाे छ । वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनशनमा बसिरहेको छ । उनीहरुले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेखि अनशन शुरु गरिएको हो ।
गाउँमा विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयवासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनशनमा बसेको वडासदस्य भट्टले बताए। उनले भने, “मेलौलीको ८ र ९ नं वडा चितुवाबाट प्रभावित वडा हुन्, चितुवाको आक्रमणबाट बच्नका लागि विद्युत् विस्तारको माग गरेर अनशनमा बसेका हौँ ।”
मेलौली–८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ । यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनशन जारी रहने जनाइएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएकाले त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उनीहरुको माग छ । माग पूरा नहुञ्जेलसम्म अनशन जारी रहने चेतावनीसमेत दिइएको छ ।
यता नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत् विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताए। मेलौलीमा सबस्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले प्रक्रिया अघि बढाइसकेकाले जतिसक्दो चाँडो होस् भनेर पालिकाका तर्फबाट समेत समन्वय भइरहेको उनले बताए । उनले भने, “विद्युत् विस्तारको काम प्रक्रियामा अघि बढिसकेको छ, अनशन बस्नु खासै आवश्यक छैन, पालिकाका तर्फबाट सबै सरोकारवालालाई विद्युत् विस्तारका लागि पहल गरिरहेका छौँ ।” यसअघि आइतबारमात्रै मेलौली–८ र ९ का स्थानीयवासीले विद्युत् विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार