कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्नेः प्रदेश प्रमुख
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार १७:१६:५५
१५ असार, कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले कृषकको मनोबल बढाई श्रमको सम्मान गर्ने संस्कृतिको विकास हुनुपर्ने बताएको छ । आज देशभर मनाइँदै गरेको ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशवासीलगायत सम्पूर्ण नेपाली कृषक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उनले खाद्यान्नको प्रमुख आधार मानिएको धानको उत्पादनबाट मुलुकलाई आत्मनिर्भर बनाउन कृषि, कृषक र श्रमको उच्च सम्मान हुनुपर्नेमा जोड दिएको हो ।
प्रदेश प्रमुख कलौनीले शुभकामना सन्देशमार्फत भनिएको छ, “कृषि प्रधान हाम्रो मुलुकमा कृषकको मनोबल उच्च बनाई उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले नेपाल सरकारले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको छ । ‘मानो रोपेर मुरी उब्जाउने’ यो दिनमा हिलो खेल्ने, दही चिउरा खाने गरिन्छ । रोपाइँमा एकापसमा सघाउने (परिमो) र रोप्दै असारे भाकाका गीत गाउनेजस्ता क्रियाकलापले आपसी भाइचारा, आत्मीयता र सामाजिक एकतालाई थप बलियो बनाउँदै आएको छ ।”
उनले ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ यस वर्षको मूल नाराले मुलुकमा धानको उत्पादनमा वृद्धि गरी खाद्य सुरक्षाको अवस्थामा सुधार, आयात प्रतिस्थापनबाट धानमा आत्मनिर्भर र व्यावसायिक उत्पादनमार्फत समृद्धि हासिल गर्न सकिने विद्यमान अवस्थालाई चित्रण गरेको जनाउँदै त्यसका लागि निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक कृषिमा रुपान्तरण गर्न केन्द्रित हुनुपर्ने बताएको छ ।
कोभिड–१९ को महामारीबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी कृषि कर्ममा लाग्न आह्वान गर्नुभएका प्रदेश प्रमुख कलौनीले व्यावसायिक कृषिप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सकिए कृषिमा आत्मनिर्भर नेपाल निर्माणमा सघाउन पुग्ने र त्यसले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने विश्वास लिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार