कञ्चनपुरमा पनि चले सार्वजनिक यातायात
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार १९:३२:५९
१५ असार, कञ्चनपुर । दोस्रो चरणको महामारी फैलिएपछि कञ्चनपुरमा बन्द सार्वजनिक यातायात दुई महिनापछि सञ्चालनमा आएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन आएको हो ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी आजदेखि बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ । स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएपछि सार्वजनिक सवारी बन्द भएका थिए । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारीसाधन भने निर्वाधरूपमा सञ्चालन गर्ने दिइने भएको छ ।
जिल्ला बाहिर जाने एम्बुलेन्स र मालवाहक ढुवानीका साधन बाहेक अन्य सवारी सधानको हकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पास लिनुपर्ने छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो गरी असार २१ गतेसम्म निरन्तरता दिएको छ । पसल खोल्ने समय तीन घण्टा बढाएर साँझ ६ बजेसम्म पु¥याइएको छ । यस अघि बिहान ०६ देखि दिउँसो ३ बजेसम्म मात्रै पसल खोल्न दिने गरिएको थियो ।
औषधि, दुधसहित अत्यावश्यक सेवाका पसल भने निषेधाज्ञामा पनि खोल्न दिइएको छ । उद्योग तथा कलकारखाना सार्वजनिक तथा नीति निर्माणका कार्य जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गर्ने गरी सञ्चालन गर्न दिइने छ । कोरोना महामारीको सङ्क्रमण दर कम हुनथालेपछि जेठ अन्तिम मसान्तदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको हो । खुला ठाउँमा भेला हुन, जुलुस, जात्रा, भीडभाड, सभासम्मेलन, तालिम, गोष्ठीमा भने रोक लगाइएको छ ।
विवाह ब्रतवन्ध तथा सामूहिक धार्मिक कार्यक्रममा १० जना बाहेक त्यसभन्दा बढीलाई सहभागी हुन नपाइने भएको छ । शैक्षिक गतिविधि भौतिक उपस्थितीमा गर्न नपाई नियम लागु गरिएको छ । तोकिएका सीमा नाका गड्डाचौकी र गौरीफण्टाबाट मात्रै भारतबाट आउने जानेलाई स्वास्थ्यका मापदण्ड अपनाई प्रवेश दिइने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पुष १८, २०८१ बिहिबार
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
पुष १८, २०८१ बिहिबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार