टाटा ब्राण्डका गाडी खरिद गर्दा सांग्रिला विकास बैंकबाट बिना धितो ७० प्रतिशतसम्म कर्जा पाईने
नेपालबहस संवाददाता
असार १५, २०७८ बुधबार १:१६:२९
१५ असार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंस्थित मुख्य कार्यालय रहेको सिप्रदी ट्रेडिङ बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ प्रा.लि.का तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले टाटा एसीभी कार्गो र पिकअप भेईकल ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. बाट नयाँ गाडी खरीद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशतसम्म बिना धितो कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिन भित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार