नर्भिकद्वारा फिजियो थेरापीको होम सर्भिस सुरु

नेपालबहस संवाददाता
असार १५, २०७८ बुधबार १:२१:२९

१५ असार, काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टीमले घरमै गएर उपलब्ध गराउने भएको हो ।
हाल स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रुपमा फिजियो थेरापिष्टहरुले होम सर्भिसको सेवा दिने केही अभ्यास रहे पनि संस्थागत रुपमै यस्तो अभ्यास त्यति धेरै भएको थिएन । नर्भिकले फिजियो थेरापी सेवालाई घरमै पुगेर दिने संस्थागत प्रयासको थालनी गरेको हो ।
तत्कालका लागि यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र सीमित गरिएको छ । कोही कसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिनेछ ।
फोन गरेपछि बिरामीको विषयमा बताईएको अवस्थाको गाम्भीर्यतालाई हेरी चाँडोभन्दा चाँडो अस्पतालका फिजियो थेरापिष्टहरु अत्याधुनिक उपकरणसहित बिरामीको घरैमा पुग्नेछन् ।
नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ । नर्भिकले थालेको होम सर्भिसले फिजियो थेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियो थेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
फागुन १३, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान मेसिन’
फागुन ८, २०८१ बिहिबार
पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार