आन्दोलनरत पक्षले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई थुने ! स्थिति असामान्य
नेपालबहस संवाददाता
असार १५, २०७८ बुधबार ३:३:२७
१५ असार, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार, आर्थिक अपारदर्शिता र बेथिति विरुद्ध आन्दोलनरत प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले प्रतिष्ठानका पदाधिकारीहरुलाई मंगलबार अपरान्ह कार्यकक्षमा थुनेका छन् ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा. डा. गुरु खनाल र रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीलाई आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरुले उपकुलपतिको कार्यकक्षमा वार्ता भइरहेको अबस्थामा थुनेका हुन । पदाधिकारीहरु थुनिएपछि प्रतिष्ठान परिसरको स्थिति असामान्य बनेको छ ।
लामो समयदेखि प्रतिष्ठानमा भइरहेको अनियमितता र बेतिथिका विरुद्ध आन्दोलन गरिरहेका प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाएर आइतबारदेखि रिले अनसन शुरु गरेका थिए । प्रतिष्ठानमा व्याप्त बेथिति, अव्यवस्थापन र भ्रष्टाचारजन्य अपराधमा प्रतिष्ठानका उपकुलपति गिरी, रजिष्ट्रार रेग्मी लगायतको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । प्रतिष्ठानका अधिकांश पदाधिकारीहरुले नियुक्ती लिदाँ नै करोडौ रकम बुझाएर आउने गरेका छन् ।
त्यही भएर पनि प्रतिष्ठानमा आउने अधिकांश पदाधिकारीहरुले प्रतिष्ठान सुधार गर्ने भन्दा पनि कसरी अधिक भन्दा अधिक कमाउने भन्ने तर्फ केन्द्रीत हुने गरेको देखिन्छ । हालका रजिष्ट्रार रेग्मीले पनि नियुक्ती लिदाँ विभिन्न शक्ति केन्द्रहरुमा करिब सात करोड रुपैयाँ बुझाएको आरोप लाग्दै आएको छ । रजिष्ट्रार रेग्मीले नियुक्तीका लागि रकम बुझाउने क्रममा बालुवाटार सचिवालय र एमालेका एक प्रभावशाली नेताका नाममा झण्डै एक करोड भन्दा बढी रकम खर्चेकाे आरोप पनि छ ।
यस क्रमबाट प्रतिष्ठानमा निरन्तर र नियमित रुपमा बेतिथि र अनियमितता बढिरहेपछि सुधारका लागि माग राख्दै आन्दालन गरिरहेका समितिका सहसंयोजक डा. विष्णु पोखरेल नेतृत्वको टालीलाई पदाधिकारीहरुले वार्ताको लागि बोलाएका थिए । वार्ताका लागि पुगेका प्रतिनिधिहरुले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको आरोप लगाएका छन् । उपकुलपति गिरीले मापसे गरेकै कारण वार्ता भाडिएको समितिका प्रतिनिधिहरुले बताएका छन् । उनी केही सन्ताह काठमाडौं बसेर आजमात्र प्रतिष्ठान हाजिर भएका थिए ।
यस क्रममा उनीहरुले प्रतिष्ठान सुधार्न नसकेको आरोप लगाउदै तीनै जना पदाधिकारीहरुलाई कार्यकक्षमै थुनेका थिए । पदाधिकारीहरुलाई थुनामुक्त गराउन प्रतिष्ठानमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने उपकुलपतिको कार्यकक्ष अगाडि सयौको संख्यामा प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित छन् ।
यसैबीच उपकुलपति गिरीले आफूले मादक पदार्थ सेवन नगरेको दावी गरेका छन् । उनले आफूलाई बदनाम गराउन केही समयदेखि परिचालित गिरोहले अफवाह फैलाएको बताए । प्रतिष्ठानका एक चिकित्सकका अनुसार उपकुलपति गिरी र रजिष्ट्रार रेग्मीबीच लामो समयदेखि द्धन्द्ध रहेको छ । रजिष्ट्रार रेग्मी कुनै पनि आहतमा उपकुलपति गिरीलाई विवादित र बदनाम गराएर कुनै अनियमिततामा फसाएर पदमुक्त गराइ आफू उपकुलपति बन्ने दाउमा छन् । त्यही भएर पनि आज उपकुलपति गिरीलाई मापसे गरेको आरोप लगाइ बदनाम गराउने यो अभियानमा रजिष्ट्रार रेग्मीकै संलग्नता रहेको केही जिम्मेवार चिकित्सक तथा कर्मचारीहरुले अनुमान गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार