एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ: डोल्पा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०७८ बुधबार १६:३५:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/uddar-1_HWbV26UGAy.jpg)
१६ असार, काठमाडाैं । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन्, आँखा टिलपिल पार्दै गला अवरुद्ध पार्दै बोलिन्,“सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ । कल्पना पनि गरेको थिइँन म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ भन्ने । यो सहयोगको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”
फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन । उनी सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक डोल्पाको जीवनले फरक मोड लियो । डोल्पाले जसलाई विश्वास गरेर उसले धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् ।
तर, एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् उनलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा डोल्मा गर्भवति भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन सक्थिन् न त दुबईमा बस्ने आधार थियो ।
अगस्त २०२० मा दुवई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिईन् । सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन डोल्माको । सोही क्रममा डोल्मा गैरआवासीय नेपाली संघको यूएईको सम्पर्कमा आइन् ।उनको उद्धारका लागि पहल सुरु गरिए । गैरआवासीय नेपाली संघ यूएईमार्फत गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रमको टिमले पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम समेत मिनाहा भयो । डोल्मा भन्छिन्, “त्यतिबेला निकै कठिन थियो ।
अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म ।”
डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो । त्यसैले उनलाई गैर आवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल सुरु गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अबुधाबीबाट पनि श्रम स्वीकृति
फागुन २, २०८१ शुक्रबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
आगामी वैशाखमा एनआरएनएको दशौँ एकता महाधिवेशन काठमाडौंमा हुने
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार