नेपालमा ८९ प्रतिशत जनता इन्टरनेट सेवाको पहुँचमा
नेपालबहस संवाददाता
असार १६, २०७८ बुधबार २२:१९:४५
१६ असार, काठमाडौं । नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७–७८ को नौ महिना ९गत साउनदेखि चैत मसान्तसम्म० को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ।
प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुनमा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।
उक्त तथ्याङ्कअनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । चैतसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत छ । एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ ।
फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन् । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन् । नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका छन् । एनसेलमा एक महिनामा एक लाख ६० हजार ४२८ फोरजी ग्राहक थपिएका छन् । गत फागुनमा फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ रहेका थिए ।
सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० नेपाल टेलिकमले ४७ हजार ३५३ फोरजी प्रयोगकर्ता थपेको छ । फागुनमा टेलिकमसँग २५ लाख ८९ हजार २९४ रहेकामा बढेर २६ लाख ३६ हजार ६४७ पुर्याइएको प्राधिकरणले जनाएको छ ।
यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता दुई लाख १७ हजार ७३८५ पुगेका छन् । गत फागुनको तुलनामा चैतमा ग्राहक सङ्ख्यामा पाँच हजारभन्दा बढीले कमी आएको छ । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् ।
फिक्स ब्रोडब्यान्डको हिस्सा २२ दशमलव ७८ प्रतिशत रहेको छ । यसमा एडिएसएलका आठ लाख सात हजार र एफटिटिएच इन्टरनेट पाँच लाख १५ हजार बढी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार
मंसिर १४, २०८१ शुक्रबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार