बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी, चारै पदाधिकारीको राजीनामा माग
नेपालबहस संवाददाता
असार १७, २०७८ बिहिबार १८:३७:५१
१७ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिन प्रतिदिन अस्तब्यस्त बन्दै गएको छ । प्रतिष्ठानमा भएको भ्रष्टाचार, आर्थिक अपारदर्शिता र बेथिति विरुद्ध दुई सातादेखि आन्दोिलत चिकित्सक तथा कर्मचारीको माग पुरा गर्न नसक्दा अस्पताल थप अस्तब्यस्त बन्दै गएको हो ।
यस क्रममा आन्दोलनरत पक्षले प्रतिष्ठानका चारजना पदाधिकारीहरुको कार्यकक्षमा हिजो तालाबन्दी गरेका छन् । अस्ती आन्दोलनरत पक्षलाई वार्तामा बोलाए पनि वार्ता भाडिएको थियो । उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले वार्तामा आउँदा मदिरा पिएर आएको आरोप छ । अस्ति वार्ता प्रक्रिया अगाडि बढ्न नसकेपछि आन्दोलनरत चिकित्सक तथा कर्मचारीहरुले उपकुलपति गिरीका साथै शिक्षाध्यक्ष प्रा. डा गुरु खनाल र रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीलाइ कार्यकक्षमै थुनेका थिए ।
थुनामा परेको ति पदाधिकारीहरुलाई हिजो राती ८ बजे ठुलो संख्यामा परिचालित सुरक्षाकर्मीको सहायतामा थुनामुक्त गराइएको थियो । संयुक्त संघर्ष समितिले यहाँका पदाधिकारीहरुसँग वार्तामा नबस्ने र चारै जना पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राख्दै आज कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
प्रतिष्ठानमा व्याप्त बेथिति, अव्यवस्थापन र भ्रष्टाचारजन्य अपराधमा प्रतिष्ठानका उपकुलपति गिरी, रजिष्ट्रार रेग्मी लगायतको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । प्रतिष्ठानका अधिकांश पदाधिकारीहरुले नियुक्ती लिदा नै करोडौं रकम बुझाएर आउने गरेका छन् । त्यही भएर पनि प्रतिष्ठानमा आउने अधिकांश पदाधिकारीहरुले प्रतिष्ठान सुधार गर्ने भन्दा पनि कसरी अधिक भन्दा अधिक कमाउने भन्नेतर्फ केन्द्रीत हुने गरेको देखिन्छ ।
हालका रजिष्ट्रार रेग्मीले पनि नियुक्ती लिदां विभिन्न शक्ति केन्द्रहरुमा करिब सात करोड रुपैयाँ बुझाएको आरोप लाग्दै आएको छ । रजिष्ट्रार रेग्मीले नियुक्तीका लागि रकम बुझाउने क्रममा बालुवाटार सचिवालय र एमालेका एक प्रभावशाली नेताका नाममा झण्डै एक करोड भन्दा बढी रकम खर्चेको आरोप पनि छ ।
प्रतिष्ठान सुधारका लागि माग राख्दै आन्दालन गरिरहेको समितिले प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न माग गरेको छ । संघर्ष समितिले यहाँको पदाधिकारीहरु चयन गर्दा विशिष्टिकृत एवं विज्ञहरुको समुह बनाएर उक्त समुहले सिफारिश गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि माग गरेको छ ।
मागहरु पुरा गर्न संयुक्त संघर्ष समितिले एक हप्ताको अल्टिमेटम दिदै सम्बोधन नगरे सामुहिक राजीनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाडौं जाने घोषणा गरेको छ । प्रतिष्ठानका चार पदाधिकारीहरु बीच बेमेलका कारण संस्था दिनप्रतिदिन धरासयी बनेको चिकित्सकहरुको आरोप छ ।
प्रतिष्ठानका उपकुलपति गिरी र रजिष्ट्रार रेग्मीबीच लामो समयदेखि द्धन्द्ध रहेको छ । हिजोको वार्ताको क्रममा पनि रजिष्ट्रार रेग्मीले नै उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको प्रोपोगाण्डा सिर्जना गरेर उनलाई विवादित र बदनाम गराउने काम गरेको आरोप चिकित्सक तथा कर्मचारीहरुको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार