अविरल वर्षाका कारण पर्साको दर्जनौं बस्ती डुवानमा
नेपालबहस संवाददाता
असार १७, २०७८ बिहिबार २०:१८:३८
१७ असार, वीरगञ्ज । मङ्गलवार रातिदेखि परेको अविरल वर्षाका कारण पर्साका दर्जनौं बस्ती डुवानमा परेका छन् ।
असारे विकासको नाममा निर्माण भएका गुणस्तरहीन नालाहरुबाट पानीको सहज निकास नहुँदा ती बस्तीहरु डुवानमा परेको हो । वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी छिरेको छ । प्लाष्टिकजन्य फोहोरहरु सडक र नालामा फाल्ने गरिएको कारण नाला जाम हुने गरेको छ । अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर बस्ती डुबानमा परेका छन् । नदी र खोलाको बाढीले केही स्थानमा खेतीयोग्य जमीनसमेत कटान गरेको छ ।
वर्षाको भेलका कारण पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रम्हानगर, नयाँवस्ती, निर्मलबस्ती, मिलन चौक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चौक, सुन्दर टोल, टयाङ्ग्रेलाइनलगायत बस्तीहरु डुवानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । यसैगरी हालसालै निर्माण भएको हुलाकी सडक भन्दा होचो स्थानमा रहेको उत्तरतर्फका अधिकांश बस्ती डुवानमा परेको भएपनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रहमदेव साहले राससलाई बताए । उनले बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुमा सुरक्षाकर्मीहरुले तदारुकताका साथ खटिने गरेकाले अहिलेसम्म कुनै पनि मानवीय क्षतिको घटना हुन नसकेको बताए ।
लगातारको अविरल वर्षाका कारण ओरिया खोलामा आएको बाढीले वीरगञ्ज ठोरी हुलाकी सडकखण्डको गोपी बस्ती नजिकै सडकलाई क्षति पु¥याएको छ । हुलाकी सडक जोगाउन निर्माण गरिएको तटबन्ध बाढीले भत्काएकाले सो क्षति हुन गएको हो । सो खोलाको बाढीले ठोरी गाउँपालिका—१ देखि ४ सम्ममा क्षति पु¥याएको छ भने सडक सम्पर्क विच्छेद भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या परेको स्थानीयवासी सञ्जय कुमारको भनाइ छ । यसैगरी धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लङ्गडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुबासा, झाखरा, मसियानी, छिपहरमाई गाउँपालिकाको भिस्वा, जयमङ्गलपुर, झलमैहिया, मिर्जापुर, बघमरी, टिहुकी, बुडगाई, भुलुवाहीलगायत दर्जनौं गाउँ डुवानमा परेको छ भने त्यहाँका स्थानीयवासीलाई एक गाउँवाट अर्को गाउँसम्म जान समस्या परेको छ ।
यसैगरी बाढीका कारण पर्साको जीराभवानी गाउँपालिका—१ पिपराका दर्जनौ घर डुवानमा परेका छन् । अविरल वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी शङ्कर दास, किशुन महतो, जङ्गाली राय, खिचड़ी महतो, शिवशङ्कर दासलगायत १६ जनाको घर डुवानमा परेको हो । पानीले स्थानीयवासी राजकुमार दास, ब्रहमदेव दास, सनोज दास र महेन्द्र शर्माको फुसको घर भत्किएको इलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ । बाढीबाट पीडित भएकाले स्थानीय सरकार तथा जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरण गर्नुपर्ने माग गरेका छन् ।
सावधानी अपनाउन स्थानीय प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय पर्साले मङ्लबारदेखि लगातार वर्षा भइरहेकाले बाढी आउने र डुवानको समस्या भएका स्थानका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । डुवान र बाढीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति पूर्व तयारीमा जुटिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदुरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
असोज २, २०८१ बुधबार
लगातारको वर्षापछि महाकाली नदीको जलसतह उच्च
भदौ २८, २०८१ शुक्रबार
बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते
भदौ २७, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार