काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको मृत्युदर शून्य
नेपालबहस संवाददाता
असार १८, २०७८ शुक्रबार १५:४९:३५
१८ असार, काभ्रेपलाञ्चोक । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० संक्रमितको मृत्यु भयो । यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना सङ्क्रमण देखिएको एक तथ्याङ्कले देखाएको छ ।
विगत चार दिनदेखि जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएको छैन । असार महिना लागेपछि नगन्य मात्रामा कोरोना सङ्क्रमणबाट मृत्युको घटना भएका छन् । पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण घट्दै जानु र संक्रमितलाई स्वास्थ्य संस्थाबाट पर्याप्त स्वास्थ्योपचार पाउनुले मृत्युको सङ्ख्या शून्यतामा झरेको बताइन्छ । दैनिक सक्रमणको सङ्ख्या पनि ४० को हाराहारीमा छ भने सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब १०० हुने गरेको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को दैनिक तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष भने कोरोना संक्रमणबाट जिल्लाका ४५ को मृत्यु भएको थियो । कोरोना संक्रमणबाट हालसम्म काभ्रेपलाञ्चोकका १६५ को मृत्यु भएको छ । केन्द्रका अनुसार जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ६५ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म जिल्लाका ११ हजार ६४ जनामा कोरोना संक्रमण देखिएको छ । यसमध्ये तीन हजार गत वर्षका सङ्क्रमित हुन् भने करिब आठ हजार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयताका हुन् ।
गत वर्षभन्दा बितेका तीन महिनामा अढाई बढी सङ्ख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ संक्रमणमुक्त भइसकेका छन् ।
पहिलोपटक विसं २०७७ जेठ १ गते काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारार्थ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो ।
कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण जिल्लास्थित समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा सङ्क्रमण र मृत्यु भएको केन्द्रले जनायो । “संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भन्नुभयो । उहाँका अनुसार यसपालिको सङ्क्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«ेसिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि जेठको विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र शिलसमेत गर्नुपरेको थियो । पछिल्ला केही दिनदेखि संक्रमणदर घट्दै गएपछि जिल्लाभर हाल काभ्रेपलाञ्चोक प्रशासनको जोरबिजोर यातायात सञ्चालनसँगै ‘खुकुलो निषेधाज्ञा’ मात्रै लागू भएको छ ।
यसैबीच काभे्रपलाञ्चोकमा हाल ३९३ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा १०७, धुलिखेलमा ५६, पनौतीमा ५१, पाँचखालमा ४९, नमोबुद्धमा १७, मण्डनदेउपुरमा ११ तथा रोशी गाउँपालिकामा ७, चौँरीदेउरालीमा ११, तेमालमा ६, भुम्लु २०, खानीखोलामा २०, बेथानचोकमा २४ र महाभारत गाउँपालिकामा १४ सक्रिय संक्रमित रहेको केन्द्रले जनायो ।
–––
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार