सालकोटमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु
नेपालबहस संवाददाता
असार १८, २०७८ शुक्रबार १६:७:२३
१८ असार, कर्णाली । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिकरूपमा शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गरेको हो । सेवा शुरु भएसँगै सानो उपचारका लागि पनि सदरमुकाम वीरेन्द्रनगर धाउनुपर्ने यहाँका नागरिकको बाध्यता तत्कालका निम्ति हटेको छ ।
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दा खुशी भएका छन् । साउनसम्म यो सेवा पाक्षिक र भदौदेखि साप्ताहिक सेवा शुरु गर्ने लक्ष्य लिइएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए ।
उक्त शिविरमा पहिलोपटक हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा पदम गिरी र डा रविन केसीले पश्चिम क्षेत्रका नागरिकलाई निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गरेको छ । “शिविरमा एकै दिन ५५ जना स्थानीयवासीको जाँच गयौँ”, डा गिरीले भने, “अधिकांशमा हड्डी र नशाको समस्या देखियो ।” विशेषज्ञ स्वास्थ्य शिविरमा आएका बिरामीलाई एक्सरे, ल्याबसहितका सेवा पनि निःशुल्क उपलब्ध गराइएको थियो ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले राजधानीभित्रकै भूगोल भए पनि पश्चिम सुर्खेत स्वास्थ्यका दृष्टिकोणले निकै पछाडि रहेकाले तत्काललाई ‘विशेषज्ञ स्वास्थ्य घुम्ती शिविर’ सञ्चालन गरिएको बताए । कर्णालीमै उपलब्ध जनशक्तिबाट यहाँका सबै नागरिकलाई घरआँगनमै विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारले लिएको मन्त्री बुढाक्षेत्रीले जनाए ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार