ओली र नेपालबीच मध्यरातमा टेलिफोन वार्ता, आज प्रत्यक्ष भेट गर्ने तयारी, बामदेव बालुवाटार लागे
नेपालबहस संवाददाता
असार १८, २०७८ शुक्रबार १६:१७:५६
१८ असार, काठमाडौं । एमालेको आन्तरिक विवाद कम गर्ने प्रयासस्वरुप पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच विहिबार राती फोन संवाद भएको छ ।
राती साढे ११ बजे ओलीले नेपाललाई फोन गरेर बैठकमा सहभागी हुन र पार्टी विभाजनको दिशामा नलाग्न आग्रह गरेका छन् । ‘केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा विहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको हो’, ओली निकट स्रोतले भन्यो ।
विहिबार राती दुवै पक्षका दोस्रो तहका नेताहरूबीच भएको छलफलपछि ओली र नेपालबीच अनौपचारिक कुराकानी भएको हो । बुधबारदेखि नै निरन्तर छलफलमा रहेका दोस्रो तहका नेताहरुले राती ओली नेपालबीच कुराकानी गराउन सफल भएका हुन् । विहिबार बसेको माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेका थिए । माधव पक्षको बैठकपछि पनि दुवै पक्षका नेताहरू छलफलमा जुटेपनि सहमति हुन सकेको छैन । दोस्रो तहका नेताहरूकै आग्रहमा ओली र नेपालबीच संवाद भएको हो ।
माधव पक्ष पूर्वमाओवादी बिनाको २०७५ जेठ २ को बैठक नबोलाइएको र अझै पनि राजनीतिक विषयमा सहमति भई नसकेकोले आफूहरूको सहमतिबिना एकतर्फी बैठक बोलाइएको भन्दै सहभागी नहुने अडानमा छ । संस्थापन पक्षसँग निरन्तर संवादमा रहेका आफ्ना कार्यदलका सदस्यमार्फत नेता नेपालले बैठक पर सार्न आग्रह गरेका छन् ।
बैठकको मिति सारेर निकास खोज्न नेपाल पक्षधरका नेताहरूले अन्य नेतामार्फत पनि केपी ओलीलाई सन्देश पठाएका छन् । आज शुक्रबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई उनीहरूको पद तोकेर पत्र पठाइएको छ ।
एमालेको आन्तरिक विवाद निरुपण गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेपछि वरिष्ठ नेता नेपाल समूहले राखेको स्थायी कमिटी सदस्यहरुको बैठकमा मिलेरै जाने तर ओलीले अझै पनि विधिको पालाना नगरेका कारण शुक्रबारको बैठकमा सहभागी नहुने र वार्ता र संवादलाई बढी नै जोड दिने पक्षमा उभिएका थिए ।
विहिबारको बैठकमा धेरै जसो नेताहरुले मिलेरै जानु पर्ने विषयमा जोड दिएको तर ओलीले अझै पनि नवौ महाधिवेशनको विधान पालाना नगरेका कारण विधान अनुसार नै बैठक बोलाउनु पर्ने, केन्द्रीय कमिटीको बैठक बस्नु अघि नेपालसहितका नेताहरुको स्थायी कमिटी बैठक बोलाउनु पर्ने भन्दै नेताहरुले असार १८ गते अर्थात शुक्रबारको बैठकमा नजाने भएका हुन् ।
माधव नेपाल निकट पोलिटव्यूरो सदस्य सोमप्रसाद पाण्डेका अनुसार आज नै वरिष्ठ नेता नेपाल र अध्यक्ष ओलीबीच प्रत्यक्ष भेटेरै वार्ता हुने संभावना प्रबल रहेको छ । सम्भवत आजको बैठक केही समय बसेर एकदुई दिनका लागि सर्ने संभावना बढेको छ ।
तर एमाले नेता बामदेव गौतम भने बैठकमा सहभागी हुन र ओलीसँग घनीभूत छलफल गर्न भन्दै बालुवाटारतर्फ निसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार