सुदूरपश्चिममा तापक्रम ३८ डिग्री सेल्सियस, जनजीवन प्रभावित
नेपालबहस संवाददाता
असार १८, २०७८ शुक्रबार २२:४२:२७
१८ असार, सुदूरपश्चिम । एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् । आकाशमा दिनहुँ हुस्सु लाग्ने गरेको छ तर वर्षा गराउने बादल देखिँदैन । अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियसको हाराहारीमा छ ।
तापक्रम धेरै नभए पनि हावामा बढेको सापेक्षित आद्रताका कारण अत्यधिक गर्मी महसुस भएको हुन सक्ने स्थानीयवासी तेजराज भट्ट बताउँछन् । बढेको गर्मीले दिउँसोको समयमा सर्वसाधारण घरबाहिर निस्कन सकिरहेका छैनन् । निरन्तरको गर्मीका कारण तात्ने गरेका पक्की घरका कोठामा समेत पङ्खाले तातो हावा फ्याँक्ने गरेपछि थप सास्ती खेप्नु परेको अर्का स्थानीयवासी जनक पाण्डेले बताए । उनले भने, “पूर्वी र मध्य नेपालका विभिन्न जिल्लामा भइरहेको वर्षाले विपद् निम्त्याइरहेको सुनिन्छ, हाम्रोतिर यहाँ वर्षाको अभावमा निम्तिएको सुक्खा खडेरीले सर्वसाधारण मारमा परेका छन् ।”
अत्यधिक गर्मीले काम गर्न सास्ती खेप्नु परेको अनुभव धनगढीका मजदूर कुँवरप्रसाद चौधरीले सुनाए । “काम नगरी घरमा बस्दा पनि रातदिन शरीरमा पसिना आइरहँदा काम गर्न घरबाहिर जान सकिँदैन”, उनले भने । गर्मी छल्नका लागि कतिपय व्यक्ति चिसो मौसम रहेको कैलालीको चुरे पहाडी क्षेत्रको खानीडाँडा र सहजपुरसम्म पुग्ने थालेका छन् । राम्रोसँग वर्षा नहुँदा देखिएको सुक्खा मौसमका कारण रोपाइँ गरिएको खेतमा चिरा पर्न थालेको किसानको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार