तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असार १९, २०७८ शनिबार १४:४३:५७
ज्योतिषी: गणेश काफ्ले
वि.सं.२०७८ साल असार १९ गते । शनिबार । ईश्वी सन् २०२१ जुलाई ०३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि– नवमी,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र–रेवती,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त अश्विनी । योग– अतिगण्ड,दिउसो ०२ बजेर ४१ मिनेट उप्रान्त सुकर्मा । करण– तैतिल,बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन,बिहान ०९ बजेर ०३ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३० पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- मायाप्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउने हुँदा मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- सामान्य काममा अल्झने समय रहेकोछ । अरुकै काम गर्दा आफ्नो काम थाती रहनेछ । पढाईलेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेकोछ । विदेशमा बसेर काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । बिहानको समय राम्रो रहेकोले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- आफन्त तथा दाजुभाईसँग सामान्य कुरामा राज बाजिनेछ भने सम्यमित नभए अप्रिय घटना घट्न सक्छ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षती हुने योग रहेकोछ । आफुलाई सहयोग परेको बेला सहयोग गर्नेहरु कमै भेटिनेछन् । पढाईलेखाईमा प्रशस्त समय खर्चिएपनि भनेजस्तो नतिजा आउने छैन । लगानी गर्न खोज्दै हुनुहुन्छ भने केही समय पर्खनु नै उचित हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’ :- व्यस्तताका बाबजुत पनि उपलब्धी मुलक कामहरु गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरु बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुशियाली छाउनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवन साथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरिको यात्रा हुनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- सत्यता बुझेर अगाडी बढ्नुको सट्टा हल्लाको पछी लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागी समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाती रहनेछ । सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । बिहानको समय राम्रो रहेकोले मायाप्रेममा रमाउन चाहानेहरुका लागी समयले साथ दिनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- शुभचिन्तकहरुको सहयोग तथा सद्भाव पाईने हुनाले समयमा नै कामहरु सम्पन्न हुनेछन् । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाईने हुनाले उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’: बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ । पढाईलेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमङग शरिरमा आउनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- अध्ययन अध्यापनमा रुची बढ्नेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमीप्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाईलेखाई कमजोर रहनेछ ।समाजसेवामा नाम कमाउन अली बढि नै संघर्ष गर्नु पर्नेछ । बिहानको समय राम्रो रहेकोले दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा‘:- सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार