भारतमा दैनिक नयाँ संक्रमित भन्दा संक्रमणमुक्त धेरै
नेपालबहस संवाददाता
असार १९, २०७८ शनिबार १९:२१:६
१९ असार, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ४४ हजार १११ जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ५७ हजार ४७७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ ।संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा संक्रमित अवस्थामै रहेका संक्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।
भारतमा अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोना भाइरसबाट संक्रमित अवस्थामा रहेका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ ।
कुल संक्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोना भाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।
यसरी हेर्दा भारतमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०६ प्रतिशत रहेको छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घु ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार