रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने
नेपालबहस संवाददाता
असार १९, २०७८ शनिबार २२:२४:४३
१९ असार, काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले अक्सिन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ । नेपाली बजारमा कोभिड सम्बन्धी उपकरण सस्तो मुल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो ।
१० लिटर क्षमताको अक्सिजन सिलिण्डर प्रति दिन २५० र ४० लिटर क्षमताको प्रति दिन ३७५ रुपैंयामा भाडामा उपलब्ध हुनेछ । त्यसै गरी ५ लिटर क्षमताको अक्सिजन कन्सन्टेटर प्रति दिन ५०० रुपैंया र १० लिटर क्षमताको प्रतिदिन १ हजार रुपैंयामा भाडामा उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
आपसी सहमतीमा धरौटी लिएर अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका साथै सिलिण्डर खरिद गर्न चाहनेहरुलाई रिचार्जरले १० लिटरको अक्सिजन सिलिण्डर ९ हजार ५ सय र ४० लिटरको १४ हजार ५ सय रुपैंयामा उपलब्ध गराउने छ ।
रिचार्जरमा अर्डर गरिएका कोभिड उपकरणका साथै अन्य वस्तुहरु उपत्यकामा १ घण्टा र मुलुकभर २४ घण्टामा डेलिभरी दिनेछ । बन्दाबन्दी खुकुलो हुँदै जाँदा रिचार्जरले घर ,अफिस, स्कुल, होटल,अस्पताल वा डोनेसनको लागी थोकमा कोभिड उपकरण चाहिएको अवस्थामा सहजै उपलब्ध गराउने जनाएको छ ।
यसका लागि दरबारमार्गस्थित रिचार्जरको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार