सांग्रिला डेभलपमेण्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार १६:२९:२२
२० असार, काठमाडौं । असार ६ गतेदेखि सार्वजनिक निष्कासनमा आएको सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज (आइतवार) अन्तिम मौका रहेको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित दरको ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।
कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको हो । ऋणपत्र विक्रीको छिटो अवधि असार ९ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि बैंकले ढिलो अवधिसम्मको मिति तोकेको हो ।
१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ प्रदान गरेको छ ।
यो ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड वैशाख ६ गते नै अनुमति पाएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार