बोधिसत्व बिहार काठमाडौंद्वारा स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार १७:५३:३३
२० असार, डोटी । बोधिसत्व बिहार काठमाडौंले यहाँका छवटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । सानागाउँ, लडागडा, मौवा नगरदह, सायल, तिखा र खातिवडा स्वास्थचौकीमा कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ सामग्री वितरण गरिएको हो ।
ती स्वास्थ्य सामग्रीमा अक्सिजन, पिपिई, मास्क फेससिल्ड र स्यानिटाइजर लगायतका रहेका छन् । धनगढीदेखि स्वास्थ्य संस्थासम्म ती सामग्री ढुवानी गर्न नेपाली कांग्रेसका नेता लक्ष्मण खड्काले सहयोग गरेको बताइएको छ । उनले जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा १० हजार सर्जिकल मास्क, स्वास्थ्य सामग्री तथा कोभिडबाट मृत्यु भएका तीन जनाको परिवारलाई तीन क्विन्टल चामलसमेत वितरण गरेको छ । बोधिसत्व बिहार काठमाडौँले जिल्लाका बडिकेदार र जोरायल गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पनि स्वास्थ्य सामग्री वितरण गरिएको सामाजिक अगुवा जागृति बोगटीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार