गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साद्धारा वृक्षारोपन
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार २१:१५:३४
२० असार, वीरगंज । नेपाली राजनितिका शिखर पुरुष एवम् पुर्व प्रधानमन्त्रि नेपाली काग्रेसका पुर्व सभापति स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आज वृक्षारोपन कार्यक्रमको आयोजना गरेको छ ।
फाउण्डेशन पर्साले वीरगंजको विभिन्न स्थानमा वृक्षारोपन गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताए । स्व. गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तिको अवसरमा फाउण्डेशन पर्साले तीन दिने कार्यक्रमको आयोजनामा पहिलो दिन वृक्षारोपनको र्कायक्रम सम्पन्न गरेको छ ।
साल,सिसम,बेल,सफेदा,खैर,औरा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा रुखको बिरुवा रोपन गरिएको हो । वीरगंजको आईसिपि र आर्दशनगरको कबरस्थानमा वृक्षारोपन गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।
फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा असार २० देखि २२ गते सम्म तीन दिने र्कायक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।
असार २१ गते रक्तदान र्कायक्रम फाउण्डेशनको कार्यालय आदर्शनगर पानिटकींका विहान ७ः३० बजे गर्ने भएको छ भने असार २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही २५००० –पचिस हजार) सहित सम्मान गर्ने र्निणय गरेको छ ।
फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा भएको वृक्षारोपन कार्यक्रममा धुव्र नेपाल,दिना गुप्ता,श्याम कुमार पोख्रेल,रामरुप प्रसाद कुर्मी,सन्तोष सिहं,शैलेन्द्र उपाध्याय,शिवओम लामिक्षाने,भैयाराम पटेद,नविन सिहं,अमृतलाल जोशि,जंगबहादुर पटेल,किशोर सिहं फजिल अंसारी,मो.अबु हवारी,अब्बास देवान,शंकर महतो,गोपी महतो,वहाब अंसारी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार