डाँडा चढेर फोन गर्नुपर्ने कनकासुन्दरीमा सञ्चारको पहुँच
नेपालबहस संवाददाता
असार २१, २०७८ सोमबार १८:४८:२०
२१ असार, खलङ्गा । जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा पुग्न झण्डै एक दिन लाग्ने कनकासुन्दरी गाउँपालिकाका ग्रामीण बस्ती मालिकाबोला, लेकपुर, नेटा, चौथा, न्याउरीगाडलगायतका गाउँ स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।
मालिकाबोता र मर्फान्नामा नेपाल टेलिकमको टावर बनेपछि डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी रुपा बुढाले बताए । पहिला आफन्तसँग कुराकानी गर्न घण्टौं हिँडेर डाँडाकाँडा चढ्नुपथ्र्यो । अहिले घरदैलोमै टेलिफोनको टावर आउँछ । लेखपढ गर्न शहर पुगेका, रोजगारीका लागि कालापहाड हानिएका र अन्य सिलसिलामा घर छाडेकासँग कुरा गर्न सहज भएको स्थानीयवासी गोविन्द बुढाले बताए ।
विगतमा गाउँमा पढेलेखेका कमै हुुन्थे, कसैलाई सूचना र खबर गर्न गाउँबाट मौखिक जानकारी लिएर रैवारे पठाउनुपथ्र्यो पछि विस्तारै चिठ्ठीको प्रयोग हुन थाल्यो, अहिले भने सबैका हातहातमा मोबाइल छ, आवश्यक परेको बेला सहजै कुराकानी गर्न सकिन्छ । कनकासुन्दरी गाउँपालिका–२ का अध्यक्ष शेरबहादुर रावतले भने, “ हिउँद्को समयमा जाडो हुने भएकाले यहाँका धेरैजसो स्थानीयवासी तराई र परदेश जाने हालखबर बुझ्न र कुराकानी गर्ने सहज हुने छ ।’’
गाउँपालिका–१ र २ का दर्जनौं गाउँ यो आर्थिक वर्षमा मात्रै सञ्चारको पहुँचमा पुगेका हुन् । विसं २०६४ मा कनकासुन्दरीको चौथामा टावर निर्माणका लागि सर्भे भयो तर एक दशकसम्म पनि निर्माण भएन । निरन्तर कनकासुन्दीका स्थानीयवासीले खबरदारी गरेपछि गत वर्षको कात्तिकदेखि स्थानीयवासीले फोनको सुविधा लिन पाएको वडा सचिव हरिबहादुर बुढाले बताए । अझै पनि जिल्लाको तातोपानी, तिला, पातारासी, हिमा गाउँपालिकालगायतका स्थानीय तहका ग्रामीण बस्ती सञ्चारको पहुँचमा छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार