कोरोनाविरुद्ध लगाइने खोप अब एक मात्रा लगाए पुग्ने
नेपालबहस संवाददाता
असार २४, २०७८ बिहिबार १८:३५:५६
२४ असार, काठमाडौं । कोरोना भाइरसविरुद्ध लगाइने खोप अब एक मात्रा लगाए पुग्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एना रिची एलनका अनुसार संयुक्त राज्य अमेरिका नेपाल सरकार र कोभ्याक्ससँग नजिकमा रहेर अमेरिकी खोपहरू नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्नेगरी भित्र्याउने उद्देश्यले काम गरिरहेको छ।
अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको छैन। तर त्यो उल्लेख्य परिमाणमा आउने बताइएको छ। दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बीबीसीलाई बताएका थिए।
कसलाई कति खोप
स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ले आपत्कालीन प्रयोग अनुमति दिएका खोप नेपाल भित्र्याउन कुनै बाधा नरहेको प्रतिक्रिया दिएका छन्।
भारत र चीनबाट अनुदान तथा खरिद गरी भित्र्याएको खोपका मदतले नेपालको जनसङ्ख्याको तीन प्रतिशतभन्दा बढीलाई दुवै मात्रा र नौ प्रतिशतभन्दा बढीलाई पहिलो मात्रा खोप दिएको छ।
बाइडन प्रशासनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्याण्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गत जून महिनामा गरेको थियो। अघिल्लो साता मात्रै अमेरिकाले दक्षिण एशियाका पाकिस्तान र बाङ्लादेशलाई २५र२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो।
ती दुवै देशलाई मोडेर्नाको खोप दिइएको भए पनि नेपाललाई भने अमेरिकाले एउटा मात्रा मात्रै लगाउँदा हुने जोनसोन एन्ड जोनसनको खोप उपलब्ध गराउन लागेको बीबीसीले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभ्याक्स अभियानबाट खोप प्राप्त गर्न विलम्ब भएको उल्लेख गर्दै डब्ल्यूएचओले आपत्कालीन प्रयोगको अनुमति पाएका जुनसुकै खोप जतिबेला पनि नेपालमा भित्र्याउन सम्भव रहेको बताउँछन्। नेपालले हालसम्म भारत र चीनबाट खरिद गरेकोसहित ४२ लाख ४८ हजार मात्रा खोप भित्र्याएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार