अविरल वर्षाका कारण साँफे–मार्तडी सडक पुनः अवरुद्ध
नेपालबहस संवाददाता
असार २४, २०७८ बिहिबार २१:२४:५१
२४ असार, बाजुरा । साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षापछि पहिरा जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो ।
सञ्चालनमा आएको केही दिनमै पुनःपहिरो गएपछि साँफे मार्तडी सडकको बाजुराखण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयवासीलाईसमेत आवतजावत गर्न समस्या भएको छ ।
बुधबारदेखि आएको वर्षाले बडीमालिका नगरपालिका– ४ को ओलेना र बूढीगङगाको द्वारीमा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिएको छ ।
सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो गएर आवतजावतमा निकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार