कोरोना कहर: अझै रोकिएन बालबालिका भारत जानेक्रम
नेपालबहस संवाददाता
असार २४, २०७८ बिहिबार २२:५१:५
२४ असार, महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ३११ बालबालिका भारत गए । सुदूरपश्चिमवासीको रोजगारीको प्रमुख गन्तव्य मानिएको भारतमा मजदूरीका लागि अहिले दैनिक एक हजार ५०० भन्दा बढी नेपाली त्यसतर्फ गइरहेका छन् ।
आर्थिक अवस्था कमजोर भएका बालबालिका अभिभावकसँग कामका खोजीमा भारत जाने गरेका छन् । कोरोना कहर जारी रहँदा पनि बालबालिका भारत जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कले देखाएको छ ।
प्रहरीचौकी डोकेबजारका प्रहरी नायब निरीक्षक खड्कजंग शाहीले कोरोनाको दोस्रो लहर कम हुँदै जाँदा पुरुष भन्दा महिला र बालबालिका भारत जाने क्रम वृद्धि भएको बताए ।“रोजगारीका लागि श्रीमान् र आफन्तसित बालबालिका भारत गइरहेका छन् ।” उनले भने,“भारतीय पक्षले सीमामा नागरिकता र आधारकार्ड हेरेर जान दिएको छ ।”
पछिल्लो समय कोरोनाका कारण बालबालिकाको अध्ययनसमेत प्रभावित भएको छ । बालबालिका घर छाड्ने क्रम बढेको सरोकारावाल निकायको बुझाइ छ ।“ दैनिक सय भन्दा बढी बालबालिका गौरीफन्टानाकाबाट भारत जादैँछन् ।” प्रहरी नायब निरीक्षक शाहीले भने,“यसमा अभिभावक सित आश्रितदेखि मजदूरीका लागि जाने पनि छन् ।”
विपन्न समुदायका बालबालिका अध्ययन छाडेर समेत जीविका चलाउन भारत जाने गरेका छन् । माइती नेपाल जिल्ला संयोजक महेश्वरी भट्टले बुबाआमा भारत रोजगारीमा रहेका बालबालिका भेटघाटका लागि गइरहेको बताए । “पहाडी जिल्लाबाट रोजगारीका लागि पनि भारत गइरहेका छन् ।” उनले भने,“ कोरोनाले दैनिकिमै समस्या भएपछि समस्या विकराल बन्दै गएको छ ।”
उनले कोरोना कहरमा यहाँका लुकिछिपी अवैध नाकाबाट महिला भारत गइरहेको बताए । “हामीले बितेको एक सातामा २९ जना महिला तथा बालबालिकालाई उद्धार गरी परिवारसित पुर्नमिलन गरायौं ।” उनले भने,“खुला सिमा नाका भएका कारण लुकिछिपी जाने क्रम बढ्यो ।”
उनले मोटरसाइकल प्रयोग गरेर दोधारा चादँनी क्षेत्रबाट पनि भारत गइरहेको भेटिएको बताए । यहाँको गड्डाचौकी नाकाबाट भारत जान भारतीय पक्षले कोरोना परीक्षण रिपोर्ट अनिवार्यसमेत गरेको छ ।“गड्डाचौकी नाकामा नेपाल–भारत सुरक्षाकर्मीको कडा निगरानी भएपछि अन्यत्र नाकाबाट महिला बालबालिका जान थाले ।” संयोजक भट्टले भने,“विपन्न वर्गमा कोरोनाले झन् आर्थिक समस्या थपिदिँदा गाह्रो भएको छ ।”
सीमामा कोरोना परीक्षण रिपोर्ट माग्न थालेपछि कञ्चनपुरको महेन्द्रनगरस्थित माहाकाली प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गराउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यहाँस्थित इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले दैनिकजसो भारत जाने नेपालीलाई भारतमा कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरिएको बताए ।“हामीकहाँ भारतीयलाई अहिले आवागमन खुलाइएको छैन् ।” उनले भने,“भारतीय पनि सीमामा आएर कोरोना रिपोर्ट देखाएर आवागमनका लागि अनुमति माग्छन् तर हाम्रो माथिल्लो निकायबाट आदेश छैन् ।”
त्यसैगरी माहाकाली प्रादेशिक अस्पतालका कोभिड–१९ सम्र्पक व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा तीन जना संक्रमितको उपचार भइरहेको बताएयो । “भारत जान कोरोना परीक्षण रिपोर्ट अनिर्वाय गरेपछि यहाँ परीक्षण गराउनेक्रम बढेको छ ।” उनले भने,“यहाँ दैनिक डेढ सय जना कोरोना परीक्षणका लागि अस्पताल आइरहेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार