कैलालीमा साढे तीन वर्षीय बालकको हत्या, दुई किशोरी पक्राउ
नेपालबहस संवाददाता
असार २४, २०७८ बिहिबार २३:२९:५३
२४ असार, कैलाली । कैलालीको टीकापुर नगरपालिका १, ब्लक नम्बर ८ का साढे तीन वर्षीय बालकको हत्यामा दिदी नाता पर्ने १५ वर्षीया किशोरीको संलग्ना रहेको प्रहरीले जनाएको छ। १४ वर्षकी साथीसहित हत्यामा संलग्न भएको ती किशोरीले स्वीकार गरेको प्रहरीको भनाइ छ।
यस्तो छ हत्याको टाइमलाइन !
असार २१ गते बिहान ११ बजे कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नम्बर ८ स्थित मनुवा रोड बस्ने दिलिप विष्टका साढे तीन वर्षका छोरा विवेक दिदी नाता पर्ने १५ वर्षीया किशोरीसंग जामुन खान गए।
युवती मात्रै घर फर्किएपछि विवकेका बुवाले खोज तलासका लागि इलाका प्रहरी कार्यालय टीकापुरमा निवेदन दिए। घर फर्केकी किशोरीले रुखमा जामुन नभएको र भाइलाई घरतर्फ पठाएको तर जिद्धी गरेर आफन्तको घरमा जान्छु भनेको परिवारलाई जानकारी गराएकी थिइन्। ति किशोरीले आफू भने साथीको घरमा गएको बताएकी थिइन्।
बालक बेपत्ता भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खोज तलासका लागि कुकुरको प्रयोग भएको थियो भने बिशेषज्ञ टोली पनि परिचालन गरिएको थियो। अनुसन्धानकै क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल पनि घटनास्थल पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी पनि सोमबार राति नै टीकापुर पुगको थिए। अधिकारीको गृहनगर पनि टीकापुर हो। प्रहरी अनुसन्धानकै क्रममा बालक जमरा कुलोमा परेको सम्भावना बलियो देखिएपछि चिसापानीस्थित जमरा कुलोको आउने पानीको ढोका बन्द गरियो।
२३ असार साँझ साढे ५ बजे बालक हराएको ठाउँबाट झण्डै ५ किलोमिटर टाँढा टीकापुर नगरपालिका–४ घोयली वनमा जमरा कुलोको किनारतर्फ विवकेको शव फेला प¥यो। जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार अनुसन्धानका क्रममा बालककी दिदीले प्रारम्भमा दिएको जानकारी विभिन्न तथ्यले गलत देखिएपछि शंका ति युवतीमाथि भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार अनुसन्धानको क्रममा पारिवारिक रिसिबीका कारण ति किशोरीले हत्याको योजना बनाएको समेत खुलेको छ। जमरा कुलोको डिलमा लगेर खुट्टामा लगाएको चाँदीको बाला निकाल्दै धक्का दिएर हत्या गरेको ति किशोरीले प्रहरीसमक्ष स्वीकारेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ति किशोरीकी १४ वर्षीया साथीलाई पनि पक्राउ गर्दै अनुसन्धान गरिरहेको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
लेखा समिति सभापतिका पुर्व पीए पोखरेल ५ दिन हिरासतमा बस्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार