कैलालीमा अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि एक दम्पती जंगलमा लुकेर बस्न बाध्य
नेपालबहस संवाददाता
असार २५, २०७८ शुक्रबार २१:०:२५
२५ असार, काठमाडौं । कैलालीमा अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य एक दम्पती आफूहरुको जीवन बचाउन अपिल गरेका छन् । अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल भिडियो पोस्ट गरृर आफूहरुको जीवन बचाउन अपिल गरेका हुन् ।
सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ । कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् ।
प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।विश्वकर्मा र मालती अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन् ।
भिडियोमा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन्–‘हामीलाई धम्की दिएका छन् ।’
रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका छन् । अन्तरजातीय विवाहका कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्यान गएको थियो ।
दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् । यो भिडियो सार्वजनिक भएपछि केही दलित अभियान्ता र युवकका आफन्तको समन्वयमा उनीहरुलाई घरमा फर्काउने प्रयास भइरहेको छ ।
“हामी भागेर जंगलमा बसिरहेका छौं”
कैलालीका भजनी नगरपालिका-४ भलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाहका कारण भाग्दै जंगलमा बसिरहेको भिडियो सार्वजनिक भएको छ । उहाँहरुले जीवन रक्षाको लागि सहयोगको अपेक्षा गर्नुभएको छ । प्रकाशको आफन्तबाट प्राप्त भिडियो@NepalPoliceHQ pic.twitter.com/BjF7bA1Ogo— J B Biswokarma (@JBBiswokarma) July 9, 2021
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार