अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेका जोडीलाई प्रहरीले बोलायो
नेपालबहस संवाददाता
असार २५, २०७८ शुक्रबार २२:३४:३२
२५ असार, कैलाली । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् ।
असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल २१ दिनसम्म जंगल लुकेर बसेका थिए । तर जंगलबाट घर आउने वितिकै युवतीलाई आफन्तले छुटाएर लगेका हुन् ।
विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशको घरमा पुगेपछि शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छुटाएर लगेको आफन्तले बताएका छन् ।
असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए । दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ ।
युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्रहरीले समेत त्यसमा चासो लिएको छ । शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार