लस्कर फुड्स डेलिभरि एण्ड सर्भिसेस सञ्चालनमा
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार १६:१२:५८
२७ असार, काठमाडाैं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडौंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।
लस्कर फुड्स कोरोना महामारीको बीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पु¥याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।
लस्कर फुड्सका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले भने, ‘हामीले पहिलो चरणमा देशको राजधानी काठमाडौंैबाट सेवा सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो रहेको छ ।’ लस्कर फुड्सको प्रमुख उद्देश्य ग्राहकले तोकेको समयसिमा भित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु हो । बाठमाडौं शहरका व्यक्तिहरु व्यस्त हुने गरेको र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।
यही कार्यव्यस्त जिन्दगीलाई मध्यनजर गर्दै घरघरमा गुणस्तरीय खानेकुरा पु¥याएर आम ग्राहकलाई सहज, सरल तरिकाले लस्कर फुड्सले डेलिभरी गर्नेमा विश्वस्त प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती रहेका छन् । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहेपनि लस्कर फुड्स तीबाट भिन्न रहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्सको काठमाण्डौको विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रका आधार मापन गरी सञ्चालन भइरहेको ओस्तीले जानकारी दिए । लस्कर फुड्स गत हप्तादेखि मात्रै सञ्चालनमा आएको र सयौंभन्दा बढी ग्राहकले मन पराइसकेको ओस्तीको भनाइ छ ।
लस्कर फुड्स प्रयोग गर्दा ग्राहकले विभिन्न अफर पाउने छन् । सुरुवाती चरणमा लस्कर फुड्सले खाना पु¥याएको डेलिभरी चार्ज नलिने र दुइमा एक फ्री विरियानी योजना अघि सारेको छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए ।
ठमेल पकनाजोल स्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने प्रमुख कार्यकारी अधिकृत सुमन ओस्ती बताउँछन् । कार्यालयको सम्पर्क नम्बर ९८२४११६९२६, ९८०१३०६९२६ रहेको छ । अधिकांश ग्राहकको रोजाइमा मःमः र पिज्जा, चाउमिन पर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार