अविरल वर्षाले साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार १६:२७:२
२७ असार, मार्तडी । लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
उहाँका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ । उक्त क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरी निरीक्षक साउदले बताए ।
असारको शुरुआतबाटै आएको अविरल वर्षाका कारण राजमार्गको पहिरो पन्छाएर जीप तथा मालबाहक ट्र्याक्टर सदरमुकाम मार्तडीमा सहजरूपमा आवतजावत गर्ने गरेको भए पनि आज बिहान पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
उनले अवरुद्ध सडक पानी रोकिएपछि तत्काल स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याउने बताए । जिल्लामा शुक्रबारदेखि लगातार अविरल वर्षा हुँदा बाढी र पहिराको त्रास बढ्न थालेको छ । डोजर प्रयोग गरेर बनाइएका सडकका कारण पहिरो जान थालेपछि यहाँका नागरिक त्रसिन बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार