उन्नत खालको बीउ भित्रिएसँगै रैथाने अन्नबाली लोप हुँदै
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार १८:१९:१७
२७ असार, अमरगढी । सुदूपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै फापर, कोदो, मकै र कागुनो जताका महत्वपूर्ण अन्नबाली लोपहुन थालेको हो । ती अन्नस्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ ।
डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगातका जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो समय लोपहुँदै गएको सुदूरपश्चिम कृषि विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
नयाँ पुस्ताले पुराना महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा रैथाने अन्नबाली लोप हुँदै गएको बताइएको छ । फापर, कोदो र कागुनो उत्पादन हुने जमीनमा अहिले अन्य बाली लगाइएको पाइन्छ ।
पहिले बैतडी जिल्लाले मकैको रोटी र मही (घोगा र छाई) को पहिचान बनाएको थियो । डोटेली राज्यका इतिहासकार भोजराज भट्टराईले परम्परागत खेतीकोे पहिचानसमेत हराउँदै गएको बताए ।
एकदशक अघि सुदूरपश्चिमका पहाडी जिल्लाको अधिकांश किसानका बारीमा ७५ प्रतिशत स्थानीय जातको अन्नबाली लगाइन्थे । अहिले १० प्रतिशतसम्म पनि नरहेको अगुवा कृषक पदम बोहराले जानकारी दिए ।
कृषि ज्ञान केन्द्र कार्यालयले ग्रामीण क्षेत्र अधिकांश किसानले कोदोखेती लगाउन छोडेकाले विस्थापित हुने अवस्थामा पुगेकोे जनाएको छ । जिल्लामा फापर, कोदा र मुदुरोेको उत्पादन राम्रो मानिन्छ । कृषकले हिजो आज खेती गर्न छाडेपछि विस्तारै गाउँघरको खेती कम हुँदै गएको छ ।
खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको अमरगढी नगरपालिका–७ डडेल्धराकी इन्दिरा ताम्राकारले बताएयो । अहिले थौरै घरायसी प्रयोजनका लागि मात्र खेती गरेको पाइन्छ । अन्य बालीभन्दा यी बाली स्वास्थ्यका लागि लाभदायक मानिने स्वास्थ्यकर्मीको भनाइ छ ।
फापर, कोदो, कागुनो र मुदुरो परिकारप्रति शहरी क्षेत्रका मानिसले आकर्षित भइरहेका छन् । ती बालीका खाद्यान्न बालबालिका, गर्भवती, सुत्केरीलाई लागि निकै फाइदाजनक मानिन्छ । स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले ग्रामीण क्षेत्रमा पोषकतत्व पाइने खाद्यान्नको कमी आउन थालेको र स्थानीय पुराना जातको अन्नबाली उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिमाटी तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको भीड [ फोटो फिचर ]
पुष २, २०८१ मंगलबार
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जाडोमा छालाको स्याहार गर्न बढी सतर्कता अपनाउन चिकित्सकको सुझाव
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार