भक्तपुरबाट दुई लाख नगदसहित २७ जुवाडे पक्राउ
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार १९:१७:५४
२७ असार,मध्यपुरथिमि । देशभरी कोरोना भाइरसको महामारी फैलिएर सामाजिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सरकारले आग्रह गरिरहेका बेला भक्तपुर भने जुवा तासको अखडा बन्न थालेको छ ।
प्रहरीले यहाँका विभिन्न नगरपालिका क्षेत्रमा जुवातासका अखडा बनाएर जुवा खेलिरहेको अवस्थामा धमाधम पक्राउ गर्न थालेको छ । मध्यपुरथिमि नगरपालिका–७ नगदेश र सूर्यविनायक नगरपालिका– ५ कटुन्जेबाट तास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ २७ व्यक्तिलाई पक्राउ गरेको छ । नगदेशका ४० वर्षीय रत्नकाजी अवालेको रत्न खाजा घरमा तास खेलिरहेको अवस्थामा रत्नकाजीलगायत ११ व्यक्तिलाई प्रहरीले रु दुई लाख ६४ हजार १०० सहित पक्राउ गरेको बताइएको छ ।
सूर्यविनायकको कटुन्जेको गणेश हिलस्थित स्थानीयवासी ३२ वर्षीय कर्म तामाङको हाम्रो खाजा घरबाट पनि १६ व्यक्तिलाई रु एक लाख २१ हजार ६०० सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपक गिरीले बताए ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोटको फोक्सिङटारमा डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ का ४१ वर्षीय दिपेश भण्डारीको कोठाबाट पनि चार दिनअघि प्रहरीले ११ व्यक्तिलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको र उनीहरुका साथबाट रु २४ हजार २४० बरामद गरेको छ ।
सूर्यविनायक नगरपालिका– ७ घ्याम्पेडाँडामा सञ्जीव वाग्लेले सञ्चालन गरेको घ्याम्पे आइएनएन होटलमा तास खेल्ने छ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त जगातिको टोलीले वाग्लेसहित उनीहरुलाई पक्राउ गर्नाका साथै रु ५८ हजार २०० बरामद गरेको छ ।
भक्तपुरमा नयाँ प्रहरी प्रमुख आएको एक साता नबित्दै जुवा तास खेल्ने व्यक्ति पक्राउ पर्न थालेका हुन् । नयाँ प्रहरी प्रमुख आउँदा जुवा खेल्ने तथा खेलाउने मान्छे पक्राउ परे पनि पछि भने पक्राउ नपर्ने भएकाले प्रहरीको मिलेमतो हुने गरेको थिमिका बासिन्दा राजाराम श्रेष्ठको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार