सुजिता हत्या प्रकरण: एक महिनापछि दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा शव फेला
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार १९:३३:४२
२७ असार, जनकपुरधाम । सुजिता ठाकुर हत्या प्रकरणमा एक महिनापछि प्रहरीले दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा शव फेला पारेको छ । गाउँकै नजिक रहेको पेट्रोल पम्पको छेउमा ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा सुजिताको शव सडे गलेको अवस्था भेटिएको हो ।
महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ बर्सिया सुजिता ठाकुरको जेठ २० गते घरमा हत्या भएको थियो । सुजिताको शवको खोजतलास लगभग एक महिनादेखि भइरहँदा प्रहरीले असार १३ गते सुजीताका श्रीमानको खेतमा ४ फिट गहिरो खाल्डो खन्दा कपाल , नुन, मल खाद , तन्ना र डोरी फेला पारेको भए पनि पुरै शव भेटाउन सकेको थिएन ।
प्रदेश प्रहरी, सङ्घीय प्रहरी र जिल्ला प्रहरी महोत्तरीको संयुक्त मेहनतको प्रतिफलमा यो ठुलो सफलता हात पारेको हो । आइतबार बिहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पारेको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको टङ्कीबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ।
अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केही दिन अगाडी उत्खनन गर्दा सुजिताको शरीरका केही अवशेष फेला परेको थियो । सुजिताको हत्या बारे उनकै ५ वर्षीय छोराले खुलाए पछि माइती पक्ष र सामाजिक अभियन्ता सरोज रायको दबाबमा प्रहरीले खोज तलास सुरु गरेका थिए ।
त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान् र देवरलाई पक्राउ गरेको थियो । तर बाकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेका छन् । उनीहरू भारतको विहारमा लुकेर बसेको हुनसक्ने अंशका गरिएको छ । श्रीमान् र देवर दुवै जना प्रहरी हिरासतमै रहेको र उनीहरू सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार