पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि, १,८३१ संक्रमित
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार २२:५०:४
२७ असार, काठमाडौं । नेपालमा २४ घण्टामा देशभर १ हजार ८ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
पीसीआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
थपिएकासहित देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन्।पीसीआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा पोजेटिभ देखिने गरेको तथ्यांक छ। तसर्थ कोरोनाको जोखिम रहेको जनाउँदै मन्त्रालयले स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन्। पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार