इसेवा मनि ट्रान्स्फर र इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज
नेपालबहस संवाददाता
असार २७, २०७८ आइतबार २३:७:१
२७ असार, काठमाडौं । रेमिट्यान्स् बजारमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स् सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । यससँगै इन्टेल एक्स्प्रेस मार्फत पठाएको रेमिट्यान्स् नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा बढि एजेन्ट नेटवर्क मार्फत सहजै पाउन सकिन्छ भने इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ ।
इन्टेल एक्स्रप्रेस विश्वव्यापी रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । सन् २००६ मा जर्जियामा स्थापना भएको यो कम्पनी जर्जियाको पहिलो रेमिटे्यान्स् कम्पनी हो, जसले इयु, बेलायत, जर्जिया, युक्रेन, सोभियत पश्चात् अन्य राज्यहरू लगायत ५० बढि राज्यमा रेमिट्यान्स् कारोबार गर्दछ । यसका ग्रीस, बेलायत, इटाली, र जर्जियामा आफ्नै कार्यालयमार्फत सेवा दिँदै आएको छ । यसका साथै विश्वभर विभिन्न बैंक तथा मनी ट्रान्स्फरमार्फत सेवा दिँदै आएको छ ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी भएकोइसेवा मनि ट्रान्स्फरको सूचना तथा सञ्चार शाखा पुल्चोक, ललितपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार