कर्णाली प्रदेशसभा बैठक लगातार अवरुद्ध
नेपालबहस संवाददाता
असार २७, २०७८ सोमबार २:३९:९
२७ असार, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा ‘एमाले’ को अवरोधका कारण कार्यसूचीमा प्रवेश गर्न नपाई बैठक अवरुद्ध भएको हो ।
एमाले सांसदले बैठक चल्न नदिएपछि सभामुखले पर्सि असार २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् । कर्णाली प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आव २०७८/७९ को बजेटबारे प्रदेशसभामा अझै छलफल प्रारम्भ हुन सकेको छैन् । सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार एमाले दलको सदस्य कायम भएका तीन मन्त्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राखी लगातार प्रदेशसभा बैठकमा अवरुद्ध गर्दै आएको छ ।
प्रदेश सरकारले संविधान, संसदीय मूल्य मान्यताविपरीत एमालेलाई सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकामा राख्न खोजिएको भन्दै उसले आपत्ति जनाउँदै आएको छ । आजको बैठकमा बोल्दै एमाले प्रदेशसभा सदस्य पदम रोकायाले पनि मन्त्रीले राजीनामा दिनुपर्ने माग दोहो¥याए । उनले मन्त्रीले राजीनामा दिएपछि मात्र बजेटमाथि छलफल चलाउन सकिने बताए ।
फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढा हाल प्रदेश सरकारमा मन्त्री हुन् । पार्टी निर्देशन उल्लङ्घन गरेको आरोपमा एमालेको सिफारिसमा प्रदेशसभा सचिवालयले बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट प्रकाश ज्वालासहित उनीहरु तीन जना एमालेका सदस्यका रुपमा पुनर्वहाली भएका थिए ।
मन्त्री त्रयले केन्द्रमा पार्टी विवाद नमिलेसम्म सरकारबाट नबाहिरिने अडान राखेका छन् । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन मन्त्रीको हैसियतमा सत्तापक्षको कुर्सीमा बस्दै आएका छन् । एमालेले सोही विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै बजेटमाथि छलफल शुरु हुन दिएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार