उन्नत जातको वंशवृद्धिका लागि बोयर बोका उपहार
नेपालबहस संवाददाता
असार २८, २०७८ सोमबार १६:३८:११
२८ असार, महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक/एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए ।
वरपर बाक्लै वनक्षेत्र रहेको बर्दिबास नगरक्षेत्रमा बाख्रापालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ । किसानलाई व्यावसायिकरुपमै बाख्रापालनतर्फ आकर्षित गराउन बीउको बोयर बोका वडैपिच्छे एक/एकवटा दिइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । बोका पाल्ने किसानले पालेको व्यवस्थापकीय खर्च जुटाउन प्रतिबाख्रा प्रजननबापत बढीमा रु २५० लिन पाउने गरी नियम बाँधिएको जनाइएको छ । वडैपिच्छे एक/एकवटा बीउ बोका पु¥याउन खरिददेखि ढुवानीसमेत १४ वटा बोकामा रु १४ लाख १० हजार खर्च भएको पराजुलीले जानकारी दिए ।
अब चार महिनापछि प्रजनन क्षमताका हुने बोयर बोकाले नगर क्षेत्रमा उन्नत जातका बाख्राको वंश वृद्धि हुने नगर कार्यपालिकाको कार्यालयको अपेक्षा छ । खँदिलो जिउडालको हुने बाख्रामा बोयर जात उन्नत र चाँडै मासु बढ्ने मानिएको छ । वडैपिच्छे वितरण गरिएका बोयर बोकाबाट एक वर्षभित्र बस्ती बस्तीमा उन्नत जातका पाठापाठी ह्वात्तै वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए। बीउका लागि उन्नत जातको बोयर बोका आफ्नै बस्तीमा पाएपछि बाख्रापालक किसान उत्साहित भएका छन् ।
नगर कार्यपालिकाको कार्यालयले एक साता पहिलेमात्र नगरक्षेत्रका विभिन्न कृषक समूहमा आबद्ध किसानलाई सम्बन्धित वडा समितिको सिफारिसमा मासुजन्य पशु प्रवद्र्धन कार्यक्रमअन्तर्गत २५० राँगा र २५० वटा बाख्रा वितरण गरेको थियो । सो कार्यक्रम सङ्घीय सरकारको साझेदारीमा गरिएको पराजुलीले जानकारी दिए । यो कार्यक्रमबाट कृषक समूहमा आबद्ध १०० परिवार किसान लाभान्वित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार