निषेधाज्ञा हटाइएको हुम्लामा पुनः संक्रमण बढ्दै
नेपालबहस संवाददाता
असार २८, २०७८ सोमबार १८:०:७
२८ असार, सिमकोट । चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना संक्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि संक्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण सङ्क्रमितको सङ्ख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेन्डेन्ट डा टसी याञ्जुक लामाले जानकारी दिए ।
“केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ”, डा लामाले भने, “यस्तै प्रकारले संक्रमितको सङ्ख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै संक्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।” निषेधाज्ञा हटाएको एक सातामै जिल्ला अस्पतालमा लक्षणसहितका संक्रतिमको सङ्ख्या बढेको उल्लेख गरेका डा लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिए ।
लक्षणसहितका चारजना कोरोना सङ्क्रमितको अीक्सजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडियु कक्षमा सारेको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सञ्चालन गरेको रानीवन आइसोलेशनमा राखिएका चार जना संक्रमितको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आइतबार जिल्ला अस्पताल परिसरमा पालभित्र व्यवस्था गरिएको एचडियूमा सारिएको जिल्ला अस्पतालका डा लामाले बताए ।
कोरोना परीक्षणको दर निकै साँघुरो बनाएको हुम्लामा आइतबार मात्रै पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
सिमकोट गाउँपालिकामा नौ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाभर एक हजार ९८० जनामा परीक्षण गर्दा २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ४३ जना सक्रिय संक्रमित छन् भने अन्य सबैले कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दुई महिनामा एक लाख ७३ हजार पर्यटक मुस्ताङमा
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार